दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रतिनिधिको नाममा देखिएको विवादबारे कांग्रेस नेता पाण्डेय सहितले निकाले यस्तो विज्ञप्ती

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २८ गते, मंगलवार २०:२०

काठमाडौ । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेयले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनमा आफूलाई लगाइएको आरोपको खण्डन गरेका छन् । समितिका अध्यक्ष पाण्डेयले महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया क्षेत्रीय कार्यसमितिले गरेको र आएका नामावली समावेश गरी जनसम्पर्क केन्द्रीय समितिले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा बुझाएको जनाएका छन् ।

प्रतिनिधिहरुको नामावलीमा केन्द्रीय अध्यक्ष पान्डेयले कुनै नाम थपघट नगरेको समितिले जनाएको छ । प्रतिनिधिको नाम सच्याउन पार्टी मुख्य सचिव, निर्वाचन समिति संयोजक र पार्टी सभापति समक्ष सच्याउन पाण्डेयले लिखित अनुरोध गरेका थिए । समितिलाई दुष्प्रचार गर्न खोज्ने जनक बोगटी र समिति अध्यक्ष पाण्डेय लगायत भारतबाट आएका महाधिवेशन प्रतिनिधि उपस्थित भई निवेदन गरिएको थियो तर कांग्रेस केन्द्रीय कार्यालय र निर्वाचन समितिले नाम सच्याउन सम्भव नहुने जानकारी गराएको थियो । यो सबै प्रक्रियामा बोगटी पनि सहभागी भएकाले अध्यक्ष पाण्डेयलाई आरोप लगाउनु निरर्थक र निराधार हो । भारतबाट आएका प्रतिनिधि र समिति अध्यक्ष पाण्डेयलाई प्रमाणबिना आरोप लगाइएकोमा समितिले आपत्ति जनाएको छ ।

जनसम्पर्क समितिबाट अध्यक्ष पाण्डेय, महासचिव दयाराम रोकायाका साथै लिलामणि पाण्डे, डोलराज गैरे, सुनिता जिसी कुँवर, अर्जुन प्रसाद धरेल, खड्क सिङबम, विराट श्रेष्ठ, टिकाराम खनाल, केशव अधिकारी, इन्द्रराज अधिकारी, प्रेमराज पान्डेले विज्ञप्ती प्रकाशित गरी सत्यतथ्यबारे सबैलाई जानकारी गराएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु