
–शिव अधिकारी
यौटै यो सपनाछ देश कसरी बन्ला छिटो चालमा
देख्नेछन दुनिया अचम्म हुनको आफ्नै जीवन कालमा
भन्ने मात्र विचार उम्लिरहने यो छाती पोखिन्छकी
के ले हुन्छ नयाँ सुरम्य रटना संसार ब्यूँझिन्छकी ।। १ ।।
कालोलार्ई सुने यो होईन त्यसो सेतो छ रे त्यो भनौ
कालो रात्री छ भन्छ यो छ दिनको मध्यान्न के यो सुनौ
साँचो होईन झुठ छन सब कुरा पत्याउनु के गरी
भन्छन मै हु ठूलो उ होईन त्यसो देख्छु कुसुण्डा सरी ।। २ ।।
यस्ता मानिस झै म देख्छु सब छन तिन्कै छ रे साशन
यस्तोमा दुनियाहरु खुशी हुँदै सक्छन र के हाँसन
पाकेको फल टिप्ट बारी भरि नै बैरी पसि दिन्दिन
सिमा मिच्छ सधै छिरी हृदयमा बढ्दैछ है कम्पन ।। ३ ।।
कालापानी निचोरीयो किन उनै भन्दैछ मेरो सबै
तिष्टाको जल सिंञ्चने रहर यो लागि रहेको खुबै
पुग्छु सत्लज भन्दछु दिन दिनै साच्छै सीमामा अब
मौलो गाडि बलि बनाउनु परे गिडिन्छ वैरी सब ।। ४ ।।
ए कायर तिमी पुगेर युगको साशन समाल्ने गरि
कामै गर्न कठै सकेन विचरा देख्छु दलाली सरी
छोडिदेउ म हाक्छु देश अब यो होला अति सुन्छर
मेरो साशन मै छ शाक्ति शिवको यस्तो अरु हुुन्छर ।। ५ ।।


