
भक्तपुर ः नेकपा (एमाले)को दोश्रो पुर्ण केन्द्रिय कमिटिको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सकिएको छ । भक्तपुरमा आयोजना गरिएको बैठकले स्थायी कमिटी, पोलिट ब्युरो र कन्दीय कमिटीमा मनोनय गर्नु पर्ने सदस्यहरुको मनोनय पनि गरेको हो । साथै एमालले सबै प्रदेशका अध्यक्ष र इन्चार्जको पनि यही बैठकबाट टुङ्गो गलाएको छ ।
भक्तपुरको गठ्ठाघर स्थित जर्मन होम्स एन्ड हस्पिटालिटिमा मंसिर (२५–२६) दुई दिनसम्म चलेर बैठक भब्यताका साथ सम्पन्न भएको छ । छोटो समयमा नै भक्तपुर एमालले उत्कृष्ट व्यवस्थापन गरेको एमालेका स्थायी कमिटि सदस्य शेर बहादुर तामाङले बताएका छन् । उनले सिंगो भक्तपुर जिल्ला कमिटी र अध्यक्ष बचन देउजालाई विशेष धन्यबाद समेत दिएका थिए ।
एमालेको केन्दीय कमिटीको बैठक भक्तपुरमा आयोजना हुनुलाई भक्तपुरको महत्व थप बढेको एमाले भक्तपुरका नेता कार्यकर्ताहरुको बुझाइ रहेको छ । यो बैठकले भक्तपुर पुनः एक पटक चर्चामा रहेको नेताहरुको बुझाइ रहेको देखिन्छ ।
जस्तो सुकै अवस्थामा पनि भक्तपुर एमाले केन्द्रको आवश्यकता बमोजिम आफ्नो प्रस्तुती अब्बल एबं शानदार ढंगले बहन गर्ने साहस राख्छ भन्ने कुराको उदाहरण पनि यो बैठकले दिएको नेताहरुको बुझाइ छ । छोटो समयमा नै भक्तपुर जिल्ला कमिटिले बैठक स्थललाई ब्यानर, पार्टीको झण्डाले झकी झकाउ सिगारेको थियो ।
व्यवस्थापनका लागि नेकपा (एमाले) जिल्ला कमिटि भक्तपुरका अध्यक्ष वचन देउजा सहितको टोली लागेर काम गरेको थियो । त्यसमा एमालेका भातृ संगठनहरु युवा संघ, अनेरास्वयु र अनेमसंघ लगायतको उल्लेख सहभागिता रहेको थियो । त्यसो त पुर्बप्रधानमन्त्री एबं पार्टी अध्यक्ष केपी शर्मा ओलीको बासस्थान जिल्ला भएकाले पनि बढी चुनौति पूर्ण रहेको र सोही बमोजिमक तयारी गरेर वैठक सम्मन गर्न सफल भएको अध्यक्ष देउजाले बताएका छन् । ‘व्यवस्थापनका काम चुस्त र दुरुस्त रुपमा गर्न सफल भएका छौँ, कही कतै पनि हामी चुकेका छैनौ’ अध्यक्ष देउजाले भने ।
जिल्ला कमिटी अध्यक्ष देउजाले अध्यक्ष केपी ओली सहित पुरुष केन्द्रीय सदस्यहरुलाई भक्तपुरको चिनो भादगाउँले टोपी र महिला केन्द्रीय सदस्यहरुलाइ सल मायाको चिनारी स्वरुप प्रदान गरेका थिए । साथै भक्तपुरको पहिचान जुजुः धौ (दही) समेत सगुनका रुपमा सबैलाई प्रदना गरिएको थियो ।
पहिलो दिन अध्यक्ष केपी ओली सहितको सम्पूर्ण टोलीलाई स्थानिय झाँकी सहिति स्वागत गरिएको थियो । भक्तपुर जिल्ला कमिटिको व्यवस्थापन र आथित्यबाट निकै खुसी व्यक्त गर्दै अध्यक्ष ओलीले धन्यबाद दिएका थिए ।


