दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि छोड्दिन’- मन्त्री श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २९ गते, बुधबार २१:१७

२९ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि नछोड्ने चेतावनी दिनुभएको छ । एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन मन्त्रालय गएका व्यवसायीहरुलाई मन्त्री श्रेष्ठले वैदेशिक रोगजारको क्षेत्र मर्यादित, सुरक्षित, व्यवस्थित र बेथिति नियन्त्रण गर्न व्यवसायी उतिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले गलत काममा संलग्न जोसुकै माथि राज्यले कानुनअनुसार कारवाहीको प्रक्रिया अघि बढाउने बताउनुहुँदै वैदेशिक रोगजारसम्बन्धी बेथितिको अनुसन्धान र कारबाही गर्ने छुट्टै प्रणाली स्थापना गर्ने तयारी गरिएको बताउनुभयो । व्यवसायीहरुका जायज सुझावहरुलाई सरकारले ग्रहण गर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।
मन्त्री श्रेष्ठले वैदेशिक रोगजारको क्षेत्रमा रहेका बेथिति रोक्ने, नयाँ प्रणाली स्थापित गर्ने, सुरक्षित र व्यवस्थित बनाउने आफ्नो योजनामा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । वैदेशिक रोजगारीमा देखिएका विकृतिलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्नेबारे मन्‍त्रालयले गठन गरेको कार्यदलले अध्ययन गरिरहेको उहाँले बताउनुभयो । उहाँले वैदेशिक रोजगार व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मर्जमा जान पनि सुझाव दिनुभयो ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले सरोकारवला सवै पक्षको संयुक्त पहलबाट वैदेशिक रोजगारीका चुनौतिहरु समाधान हुने बताउनुभयो । सचिव अर्यालले वैदेशिक रोजगारीका क्रममा हुने विकृति, विसंगति र गैरकानुनी कामहरुलाई नियन्त्रण गर्न वैदेशिक रोजगार प्रहरी बनाउने योजना अघि बढाइएको बताउनुभयो । वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि ठगिरहित रोजगारी प्रत्याभूत गर्न मन्त्रालय क्रियाशील रहेको उहाँको भनाइ छ ।
नेकपा(एकीकृत समाजवादी)का नेता उर्वादत्त पन्तले वैदेशिक रोजगारीका बेथिति रोक्न, नयाँ प्रणाली स्थापित गर्न र आम युवाको हितमा काम गर्न सर्वपक्षीय संयन्त्र निर्माण गरी काम गर्न सुझाव दिनुभयो । संगठनका अध्यक्ष सन्तकुमार लामाले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारलाई सहयोग गर्ने बताउनुभयो । संगठनले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या र आफ्ना माग समेटेर मन्त्री श्रेष्ठलाई १६ बुंदे ज्ञापनपत्र बुझाएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु