दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष १ गते, बिहीबार १६:१९

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । अन्तिम परीणाम अनुसार थापाले ३०२३ मतसहित पहिलो स्थान हासिल गरेका छन् भने शर्माले १९८४ मतसहित दोस्रो स्थानमा विजयी भएका छन् ।

गगनले १४औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत प्राप्त गरेका हुन् । खसेको मतको ६५ प्रतिशत भन्दा बढी थापाले मत पाएका छन् भने शर्माले ४२ प्रतिशत मत प्राप्त गरेका छन् ।

महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए। प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गरेका छन् । थापा शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका हुन। कोइराला प्यानलका अर्का उम्मेदवार रिजाल भने पराजित भएका छन् । त्यस्तै, शर्माले प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु