दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आइओएमसँग श्रममन्त्रीको आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष १ गते, बिहीबार १८:४९

१ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)का मिसन प्रमुख लोरेना ल्यान्डोले शिष्टाचार भेट गर्नुभयो । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच आप्रवासी नेपाली कामदारको क्षेत्रमा आइओएमले नेपाल सरकारसँग गरिरहेको सहकार्यबारे समीक्षा भयो । मन्त्री श्रेष्ठले कोभिड–१९ महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको सम्बोधनका लागि आइओएम नेपालले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्नुभयो ।
श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आइओएमबाट सहयोगको आग्रह गर्नुभयो । वैदेशिक रोजगारीमा गई नेपाल फर्केका नागरिकहरुले आर्जन गरेका सीप र पुँजीको परिचालनका लागि मन्त्रायलले गरेका प्रयासमा आइओएमले सहयोग गरेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले पाँच बर्षे रणनीतिमा उल्लेख गरिएका बिषय कार्यन्वयन गर्न मन्त्रालय र आइओएम नेपालबीच छुट्टै समझदारी हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले मन्त्रालय र आइओएम नेपालबीच आगामी पाँच बर्षे संयुक्त रणनीतिपत्रको मस्यौदा गर्न विज्ञ समिति गठनको प्रस्ताव समेत गर्नुभयो ।
मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलार्इ उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै बैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलार्इ अधिकतम रुपमा परिचालन गर्ने राज्यको नीति रहेको बताउनुभएको थियो । साथै उहाँले नेपाल सरकारको नीति तथा कार्यक्रममा श्रम आप्रवासन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवद्दताहरुलाई आन्तरिकिकरण गर्दै लगिने कुरा उल्लेख रहेको र यससम्वन्धमा आइओएम नेपालको तर्फबाट सरकारलाई पुर्याएको योगदानप्रति आभार व्यक्त गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु