
–शिव अधिकारी
देखिन्छन युगका अनेक रटना यस्तो सबै बुझ्नत
मान्छेलाई कठिन हुन्छ नहुँदा ज्ञानी सगै संगत
थिए बुद्ध र वाल्मिकीहरु पनि पाणिनी यै क्षेत्रमा
साँच्चै त्यै शिव शक्ति पौरख बन्यो हिमलको काखमा ।। १ ।।
द्यौता ति अति पौरखी शिवजी नै त्रिशुल हो साधन
नांगा छन तर शक्तिशाली युगयो गर्छन सधै रक्षण
बगैचा ढकमक्क हुन्छ फुुलले बास्ना भरि मग्मग
ए मान्छे अब बुझ्नु पर्छ धरती राखौ मिली जग्मग ।। २ ।।
थोरै मात्र धनि हुने सब जना गरिव हुन्छन किन
यौटै मात्र उपाय खोज अब लौ मान्छे बनुन सौखिन
दुःखि देख्न कठिन भो दिन दिनै मान्छे कुनै माग्दछ
त्यै मान्छे शुख शैलमा छ गतिलो भन्दै सधै जाग्दछ ।। ३ ।।
सारा खोज भए पनि धनिहरु खोज्दैन यो कारण
के ले क्वै धनि हुन्छ क्यै छ गरिवी यौटै छ यो आँगन
यस्तो जानी छिटै समान सबको सम्पत्ति बन्ने गरि
के गर्र्दा अब हुन्छ खोज गरनु विज्ञान लागे सरी ।। ४ ।।
अन्तरिक्ष पुगेर खोज गरने त्यस्तै कुनै शिपले
गरिवी र धनि भए किन भनि खोजौ नयाँ ज्ञानले
लागौ एक भएर यो सब दशा मानिसकै मेटियोस
सारा एक समान शुख गरने नौलो कुरा भेटियोस ।। ५ ।।


