दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दिलको हरन’को साथमा आए हरि र मेलिना ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २ गते, शुक्रबार १९:१५

काठमाडौं – प्रवासमा रहेर नेपाली संगीतमा आफ्नो भविष्य खोजिरहेका गायक हरि लिम्बु र लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको ‘दिलको हरन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेको यस गीतमा बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द रहेको छ। उदयराज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्। नायक पल शाह र नायिका स्वस्तिमा खड्का बीचको अन्स्क्रिन रोमान्स म्युजिक भिडियो देख्न सकिन्छ।

नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन्। दिन्सन शाहले सम्पादन गरेको भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो। ए प्लस नामक युट्युव च्यानाल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु