दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष ३ गते, शनिबार ७:२३

–शिव अधिकारी
के नेता अब काम गर्नु छ कति के के सकियो भन
के गर्दा अब देश बन्दछ सबै शौभाग्यशाली हुन
हे नेता किन अग्लियौ यसरी नै बाटो विरायौ कि त
सोच्दैनौ दुनिया कता तिर पुग्यो हिड्छौ र को को सित ।। १ ।।

भाषण गर्नु त जान्नु नै छ तिमीले मान्छे बटुल्दै गरे
के को लागि चुरी फुरी गरि हिडेउ पोखिन्छ यस्तो गरे
द्यौताको युगमा पनि सुरभिको माला लगाई कन
नेता कृष्ण थिए अनेक रटना रच्दै अनौठा दिन ।। २ ।।

महाभारत युद्धको ति अगूवा विध्वंस मच्चाउदै
पाण्डव कौरवको लडाई हुनगो सब्लाई उक्साउदैै
यस्तो कर्म गरेर शान्छ युग त्यो विग्य्रो कसोरी भनौ
यस्तै युद्ध कति भए कति भए ऐले यहाँ के गनौ ।। ३ ।।

विश्व युद्ध छिचोलियो घरि घरि मान्छे हजारौ मरे
मान्छेले पनि मान्छे मार्नु नहुने त्यस्तो कु कर्मै गरे
त्यस्तै युद्ध भई रह्यो घरि घरि यो विश्वको संस्कृति
युद्धै मात्र कला र कर्म बनि गो मान्छे मरे हुन् कति ।। ४ ।।

हे नेता अब युद्ध गर्नु गतिलो हुदैन भन्दै यहाँ
प्रचण्डै पनि फर्किए लहरमा सामेल हुन्थे जहाँ
यस्तो कर्म विषदपूर्ण छ सधै नेताहरु हो अब
पाखा लाउ अनेक दुःखहरुको पर्खाल जो छन सब ।। ५ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु