दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राजधानीको य:मरी र तराइको बगिया:को आ-आफ्नै बिषेशता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष ३ गते, शनिबार १९:३५

आरबि बुढाथोकी
राजधानीको यःमरी र तराइको बगियाको आ आफ्नै बिषेशता छ। हरेक बर्ष झै यो बर्ष पनि यमरी पुन्ह आएको छ र यमरी परिकारको चर्चा पनि चुलिएको छ। यो बिषेश दिनमा जसरी नेवार समुदायले य मरीलाइ बिषेश प्राथमिकताका साथ हेरिन्छ त्यस्तै तराइमा थारु समुदायले पनि धान भित्र्याउना साथ बगिया बनाएर खुशीयाली मनाउछन । य:मरी र बगिया उस्ता उस्तै देखिने भएता पनि यि दुबै परिकारको आ – आफ्नै महत्व छ। दुबै परिकार चामलबाट बन्ने भएता पनि बनाउने तरीका,आकार,साइज र स्वादमा समेत फरक छ।
य:मरी नेवारी समुदायको एक लोकप्रिय खाना हो । जाडो महिनामा यो खानाको ज्यादा माग हुनेगर्छ । योमरी एक बशुद्द चामल र चाकुबाट बन्ने सुन्दर र मुलायम रोटी पनि हो । हेर्नमा निकै आकर्सक देखिने यो रोटी स्टिम गरेर पकाइने हुनाले स्वस्थ्यका हिसाबले पनि फाईदा जनक मानिन्छ । धण्य पुर्णिमाका दिन त झन नेवारहरुले योमरी पुण्ही भनेर चाडका रुपमा नै मनाउछन। धान भित्र्यान सकिने बित्तिकै यो चाड शुरु हुन्छ । नेवारी भाषामा योमरीको अर्थ मन पर्ने स्वादिट रोटी भन्ने भुझिन्छ । योमरीलाई अन्तरास्टिय रुपमा चिनाउन नेपाल पर्यटन बोर्डले प्रकाशनमा ल्याएको नेपाली अथेन्टिक कुजिन पुस्तकमा पनि योमरीलाई नेपालको एक प्रमुख डेजर्टका रुपमा समाबेश गरिएको छ । योमरी अहिले आएर नेवारी समुदायमा मात्र नभएर सर्बत्र लोकप्रिय हुँदै गएको छ ।

य:मरी कसरी बनाइन्छ?

सामाग्री:-चामलको पिठो,४०० ग्राम,मैदा १०० ग्राम(अतिरिक्त),मोलासिस अर्थात चाकु २०० ग्राम, भुटेको तिल ३ चम्चा,काजु या बदाम १५० ग्राम,नरिवल १२० ग्राम,तेल दुई च्म्चा, पानी आबश्यकता अनुसार
बिधी :-चामल र मैदाको मिठोलाई हल्का मन तातो मानिमा मुछेर एक ठाउमा राख्नुस र केही बेर आराम गर्न दिनुस । अर्को तर्फ काजु,नरिवल,तील सम्पूर्ण सामाग्रीलाई चप या ग्रेट गरेर तयारी अबस्थामा राख्नुस। एउटा सस प्यान तताउनुस र चाकुलाई पगालेर चप गरेको ड्राइ फुटलाई मिसाउनुस र तिल हालेर चलाऊनुस। मिक्चर तयार भए पछी एउटा कचौरामा सुरक्षित राख्नुस र धमाधम हातमा तेल लागाएर माछाको आकारका मिक्स्चर भरेर योमरी बनाउनुस। सम्पूर्ण योमरी बनाउन सकिए पछी म म को भाडो या राउस कुकरको जालिमा स्टिम दिएर पकाउन सक्नु हुन्छ । मिठो गोल्भेडा पोलेर बानाएको चटपटा र पिरो अचार सँग योमरी सर्भ गर्न सकिन्छ । योमरी चाकुमा जस्तै खुवा भरेर पनि बनाउन सकिन्छ ।

मौलिक मिथिला परिकार बगिया


जनकपुरको मौलिक परिकार बगिया कसरी बनाइन्छ भन्ने चासो धरैमा हुने रहेछ। धनुषा जिल्लाको एक धार्मिक शहर जनकपुरमा निकै लोकप्रिय यो परिकार पहाडी र हिमालीहरुले पनि खुब खोजी खोजी खान थालेका छन।बिगिया बफ्याएर पकाइने हुदा स्वाश्थ्यका हिसाबले पनि फाइदा जनक मानिएको छ। नेवार समुदायको लोकप्रिय परिकार योमरी जसरी नै बनाउने भएता पनि जनकपुरको बगिया अलि भिन्न स्वाद हुन्छ र यसको छुट्टै बिषेशता छ। योमरी भन्दा फरक आकार र भर्ने चिजहरु पनि फरक हुन्छ बगियामा।

चिसो मौसमा बनाइने यो परिकार बिषेश गरि घरमा बच्चा जन्मदा यो परिकार बनाएर स्वागत गर्ने प्रचलन छ। बगिया सख्खर हालेर गुलियो र दाल भरेर नुनिलो पिरो दुबै स्वादमा बनाइन्छ । बगियाको लागि एक बिषेश खालको अचार पनि हुनु पर्छ।
बगिया बनाउन चाहिने सामाग्रीः चमालको पिठो- ३ कप,पानी -आबश्यकता अनुसार, कुर्ती(गहत)को दाल या चनाको दाल- अधा कप,अदुवा लसुन पेस्ट- डेढ चमच,सुकेको खुर्सानी-३ पिस,बेसार-आधा चिया चमच,जिरा धनियाको धुलो-आधा चिया चमच,घ्यु -३ चिया चमच,नुन- स्वाद अनुसार,भुटेको बदाम-३ चिया चमच,प्याज-एक पिस

बगिया बनाउने बिधि– दाललाइ उसिनेर एक साइड लगाउने। पानी उमालेर चामलको पिठोको डो बनाएर एक साइडमा छोपेर राख्ने। कराइ तताएर घ्यु पगाल्ने र सुकेको खुर्सानी,प्याज,अदुवा लसुन पेस्ट,बदाम,मसला हालेर एकछिन भुट्ने। उसिनेको दाल छानेर मसलामा हाल्ने र सुख्खा हुने गरि पकाउने। चामलको पिठोको डोलाइ सानो सानो पेडा काट्ने र दालको मिक्चर फरेर चित्रमा जस्तो सेभ दिने। ष्टिमरमा राखेर १५ देखि २० मिनट बफ्याउने र तातो तातो कुनै तिख्खर खालको चटनीमा खान सकिन्छ ।यो जनकपुरको मिथिला परिकार गुलियो खान मन हुनेले दालको ठाउमा सख्खर हालेर बनाउदा पनि स्वादिस्ट हुन्छ।जनकपुरको मौलिकता मिथिला परिकार बगिया पानीमा उमालेर र फ्राइ गरेर खाने चलन पनि छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु