• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    अक्सब्रिज बास्केटबलमा ४० टिम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ पुष २०७८, शनिबार १९:५४

    काठमाडौं, पुस ३ गते ।
    अक्सब्रिज इन्टरनेसनल कलेजको आयोजनामा प्रथम अक्सब्रिज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
    प्रतियोगितामा जम्मा ४० ब्वाइज टिमको सहभागिता रहने अक्सब्रिजका प्रिन्सिपल कृष्णप्रसाद पाण्डेले पत्रकार सम्मेलनमा जानकारी गराए । प्लस टु तथा बेचलर्सतर्फ समान २०–२० टिमको सहभागिता रहने अक्सब्रिजका जर्नालिस्ट लेक्चरर मोहन भट्टराईले जानकारी दिए ।
    सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । एक्सेल ग्लोबल सर्मिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा नगद पुरस्कार पनि राखिएको छ । तीनदिने प्रतियोगिताका खेलहरु महालक्ष्मीस्थानस्थित आयोजक अक्सब्रिजकै कोर्टमा हुने छ । पत्रकार सम्मेलनमा अक्सब्रिजका प्रशासन प्रमुख विश्वासराज बाँस्तोला र प्रतियोगिता संयोजक विमल कार्कीले प्रतियोगिताको विविध पक्ष बारे जानकारी गराएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु