दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बादोकाइ टिम च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष ३ गते, शनिबार १९:५८

काठमाडौं ।वादोकाइ करातेले चौथो नेपाल सितोरियो सोबुकान खुला राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ६ स्वर्ण, ३ रजत र १ कांस्य जित्दै वादोकाइ समग्रमा टिम च्यायम्पियन बन्यो ।
नेपाल सितोरियो सोबुकान कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा नरहरिपुर डोजो समान ३–३ स्वर्ण, रजत र कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको मानसिंह डोजोले २ स्वर्ण, १ रजत र ५ कांस्य हात पा¥यो ।
भक्तपुरको बालकोटमा भएको प्रतियोगिताको कुमुतेतर्फ पुरुषमा वादोकाइका सन्तोष श्रेष्ठ र महिलामा बच्चु डोजोकी निमा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । काताको पुरुषमा नरहरिपुरका मनीष कार्की तथा महिलामा प्रयागपोखरीकी मिरा खाती उत्कृष्ट खेलाडी चुनिए । भक्तपुर डोजोले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, समापन कार्यक्रमका सभापति सजन श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा ४ सय खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सनिश श्रेष्ठले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु