
–शिव अधिकारी
सिंङ्गै देश विशाल ग्रन्थ महिमा बुझ्नेहरु छन कति
ज्ञानैको पनि श्रोत हो यही धरा शिक्षा लिउन जे जति
आफै बन्दछ ज्ञान सागर डुवी संस्कार पस्के पछि
मान्छे हुन्छ प्रफुल्ल ज्ञान गुणको भण्डार भेटे पछि ।। १ ।।
सिंङ्गो देश नेपाल स्वर्ग सरीनै कैलाशको आँगन
यो विद्यालय विश्वको लहरमा शिक्षा अनेकौ लिन
आउन मानिस स्वर्गको सरसता नेपालमै मिल्दछ
प्यारो संस्कृति सम्पदासग संग संगै जो मित्रता बढ्दछ ।। २ ।।
आफै उत्पतिका शिखा सरि कला उगौली उभौलीका
शाकेवाशिली संस्कृति छ खिरिलो यै लेक औ वेसिका
झर्छन ठण्डि बढे पछि तल तलै गाई र भैसि लिदै
फुर्सद हुन्न कटेरी सार्न तलको ती टारीमा ओलिदै ।। ३ ।।
भेडी गोठ सगै झरे सब जना जाडो बढेको हुँदा
फाँटैमा रमिता छ गाउँ घरको सृंगार नै पाउँदा
अर्को चाड मनाउने छ तमुको ल्होसार यै दिनमा
सारा पर्व गुथिन्छ साथ सबको यो मरीकै स्वादमा ।। ४ ।।
उधौली, तमुको ल्होसार अनि छन यो मरि पुन्ही पनि
तिन्टै संस्कृति एक साथ उनिदा उल्लासको आगनी
त्यसै चम्कि रहन्छ यो सलिलता यस्तो अरु कुन्छर
साथै रम्झममा रमाउन सबै फर्केर आउ घर ।। ५ ।।


