• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    मित्रनगर विकास तथा सुधार समितिको अध्यक्षमा सिम्खडा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ पुष २०७८, आईतवार ०९:२०

    काठमाडौँ, ४ पुस । गोँगबुको मित्रनगर विकास तथा सुधार समितिको अध्यक्षमा दिपककुमार सिम्खडा निर्वाचित हुनुभएको छ । समितिको शनिबार सम्पन्न १३ औँ वार्षिक साधारण सभाले सिम्खडाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

    समितिको वरिष्ठ उपाध्यक्षमा गङ्गा पन्त, प्रथम उपाध्यक्षमा रुद्र दाहाल, उपाध्यक्षमा ज्ञानु गुरुङ, महासचिवमा अर्जुन श्रेष्ठ, सचिवमा शिवशरण डङ्गोल, कोषाध्यक्षमा राम खतिवडा र सहकोषाध्यक्षमा जयलक्ष्मी कार्की निर्वाचित हुनुभएको छ ।

    यस्तै, सदस्यमा लक्ष्मीप्रसाद गुरुङ, चुडामणि निरौला, भोजेन्द्र जिसी, बुद्ध महर्जन, हरिकृष्ण महर्जन, सुनिरा प्रधान, लिलाकुमारी गुरुङ, कृष्ण भण्डारी र मञ्जु कार्की विजयी हुनुभएको छ । समितिले प्रशासनिक सचिवमा हेमबहादुर श्रेष्ठलाई चयन गरेको छ ।

    दुई दशक पहिले स्थापना भएको उक्त समितिले नयाँ बसपार्क र मित्रनगर क्षेत्रमा वृक्षारोपण, ढल व्यवस्थापन, बाटो कालोपत्रे, प्रवेशद्धार निर्माण, सिसि क्यामेरा जडान, विजुलीका पोल थपलगायतका काम गर्दै आएको समितिका निवर्तमान अध्यक्ष विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु