दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अक्सब्रिज सेमीफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष ४ गते, आईतवार १७:५२

काठमाडौं, पुस ४ गते ।
आयोजक अक्सब्रिज इन्टरनेसनल कलेज प्रथम अक्सब्रिज थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको प्लस टुतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
महालक्ष्मीस्थानस्थित घरेलु कोर्टमा अक्सब्रिजले बर्नहार्टलाई १९–१० ले पराजित ग¥यो । अक्सब्रिजका सिर्जन महतले १० स्कोर गरे ।
प्लस टुमै टाइम्स, नवोदित र टिम रुकिज पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
टाइम्सले क्याम्प अन द कोर्टलाई १९–१५ ले हरायो । टाइम्सका पेम्बा शेर्पाले ८ अंक जोडे । नवोदितले युलेन्सलाई १०–९ तथा रुकिजले ह्वाइटहाउसलाई १६–१४ ले पाखा लगाए । सेमिफाइनलमा अक्सब्रिजले टाइम्स तथा नवोदितले रुकिज विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपमहासचिव आरबी कट्वाल र अक्सब्रिजका प्रिन्सिपल डा. कृष्णप्रसाद पाण्डेले निर्णायक दुर्गा थापालाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे । प्रतियोगिताअन्तर्गत सोमबार बेचलर्सतर्फ खेल हुने प्रतियोगिता संयोजक विमल कार्कीले जानकारी गराए । प्लस टु र बेचलर्सतर्फ समान २०–२० टिम सहभागी छन् । फाइनल मंगलबार हुने छ । नगद पुरस्कार पनि राखिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु