• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको टुंगो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ पुष २०७८, सोमबार ०५:५५

    काठमाडौं, ५ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको टुंगो लागेको छ । जसमा काँग्रेसका भेट्रान नेता देखि विवादास्पद व्यक्तिहरु समेत परेका छन् ।
    डा. सशांक कोइरालाले सबैभन्दा बढी मत ल्याएका छन् । ३८३६ मत ल्याएका सशांक म्यान अफ द इलेक्शन भएका छन् । उनी तटस्थ भूमिकामा थिए ।

    एनपी साउदले ३८३६ मत ल्याए । त्यसपछि , बालकृष्ण खाँड, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी टप टेनमा परेका छन् ।

    गणेश लामा ३०औं सर्वाधिक बढी मत ल्याई विजयी भएका छन् । उनी विवादास्पद पृष्ठभूमिका हुन् । पत्रकार अजयबाबु शिवाकोटी पनि विजयी भएका छन् ।

    ललितपुरबाट सर्वाधिक ३ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उदय शमशेर राणा, जीतजङ्ग बस्नेत र मदनबहादुर अमात्य तीनैजना ललितपुरका हुन् ।

    वीरेन्द्रप्रसाद कनौडिया, मंगलप्रसाद थारु, डा. तीर्थराज खनिया, लोकेश ढकाल, राजेन्द्र बजगाई, डा. सुरेशचन्द्र चालिसे, डा. सुरेश मल्ल, टेकराज पौडेल, गोकर्ण पौड्याल, मथुराप्रसाद घिमिरे, क्षितिज भण्डारी, पूर्वमन्त्री तारिणिदत्त चटौत, डा. मुकेश राज काफ्ले, प्रेमबहादुर खड्का, शिवराज जोशीलगायत पराजित भएका छन् ।

    निर्वाचित केन्द्रीय सदस्य कस्को कति मत

    १. डा. शशांक कोइराला – ३८३६

    २. एनपी साउद – २९३७

    ३. बालकृष्ण खाँण – २८७९

    ४. उदय शमशेर राणा – २८४३

    ५. रामहरी खतिवडा – २८३२

    ६. ज्ञानेन्द्र बहादुर कार्की – २८२०

    ७. रमेश लेखक – २७८०

    ८. शंकर भण्डारी – २७६८

    ९. जिपछिरिङ्ग लामा – २७०२

    १०. अर्जुननरसिंह केसी – २६५०

    ११. जितजंग बस्नेत – २५५७

    १२. गोपालमान श्रेष्ठ – २५३८

    १३. मोहनबहादुर बस्नेत – २४७६

    १४. सुनिलबहादुर थापा – २४७२

    १५. नैनसिंह महर – २४६७

    १६. दिलेन्द्र प्रसाद बडु – २४४१

    १७ डा. रामशरण महत – २४३४

    १८. बलबहादुर केसी – २३८८

    १९. गोविन्द भट्टराई – २३५०

    २०. कुन्दनराज काफ्ले – २२७९

    २१. दीपक गिरी – २२६५

    २२. सुरेन्द्रराज पाण्डे – २२०१

    २३. पदमनारायण चौधरी – २०३८

    २४. राजिव ढुंगाना – १८९६

    २५. गुरु बराल – १८७०

    २६. सञ्जयकुमार गौतम – १८६७

    २७. गोविन्दराज पोखरेल – १८४३

    २८. मदनबहादुर आमात्य – १८३०

    २९. अजय बाबु शिवाकोटी – १८११

    ३०. गणेश लामा–१७८२

    ३१. दिनेश कोइराला – १७८१

    ३२. उमेशजंग रायमाझी –१७७६

    ३३. मोहन आचार्य – १७५१

    ३४. डा. गोपाल दहीत – १७१०

    ३५. कृष्णकिशोर घिमिरे – १७०७

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु