दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली काँग्रेसको खुल्लातर्फ केन्द्रीय सदस्यमा डा. सशांक कोइरालाले सर्वाधिक मत प्राप्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष ५ गते, सोमबार ६:०१

काठमाडौं, ५ पौष । नेपाली काँग्रेसको खुल्लातर्फ केन्द्रीय सदस्यमा डा. सशांक कोइरालाले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले पहिलो स्थानमा रहँदा ३८३६ मत ल्याएका छन् । खसेको मतमध्ये ८२ प्रतिशतभन्दा बढी मत ल्याउन सफल भए ।

सशांक १३औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएका थिए । शेरबहादुर देउवाले सभापति जित्दा पनि उनी तत्कालीन रामचन्द्र पौडेल प्यानलबाट उम्मेदवार बनी लोकप्रीय मतसहित निर्वाचित भएका थिए ।

यसपटक पनि सशांकको लोकप्रीयतामा कमी देखिएन । काँग्रेसका संस्थापक नेता वीपी कोइरालाका कान्छा पुत्र सशांक सभापतिका आकांक्षी थिए । तर, यसपटक उनी ब्याक भए ।

कुनैपनि समूहमा नखुलेका सशांक तटस्थ रहँदा शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको प्यानलमा परे । यसकारण पनि उनको सर्वाधिक मत आयो ।
काँग्रेसमा महिला र समावेशीतर्फको केन्द्रीय सदस्यको मतगणना बाँकी रहेपनि सशांकको जति मत कसैले पनि ल्याउन नसक्ने निश्चितप्रायः छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु