• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    न्यु डायमन्डलाई चन्द्रागिरीको सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १७:३०

    काठमाडौ , पुस ९ गते ।
    न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरी नगरपालिकाले व्यायम सामाग्री, मेडिकल सामाग्री, फ्रिजलागयत सामाग्री सहयोग स्वरुप शुक्रबार प्रदान गरेको छ । करिब ४ लाख रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको क्लबका उपाध्यक्ष कुमार राईले जनाएका छन् ।
    चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र उपमेयर लिशा नकर्मीले क्लबकी अध्यक्ष सुनकेशरी माली र उपाध्यक्ष राईलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे ।
    कार्यक्रमलाई सम्बोधन गर्दै मेयर गिरीले उत्कृष्ट महिला भलिबल खेलाडी उत्पादनमा न्यु डायमन्डको योगदान प्रशंसनीय रहेको बताउदै खेलकुदमा समर्पित एक सफल क्लबलाई सहयोग गर्न पाउदा खुशी लागेको बताए ।
    उपमेयर नकर्मीले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्लब पदाधिकारीको मेहनत र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमन्डका खेलाडीले गरेको प्रदर्शनको उच्च प्रशंसा गरिन् ।
    क्लबकी अध्यक्ष मालीले सबैको साथ र सहयोगले नै न्यु डायमन्ड अगाडि बढेको बताउदै सहयोगका लागि धन्यवाद दिइन् । उपाध्यक्ष राईले प्राप्त सामाग्रीले खेलाडीको प्रशिक्षणमा ठूलो सहयोग पुग्ने बताउदै खेलाडीको स्तरवृद्धिमा पनि सहयोग हुने बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु