
नमराज भट्ट
धनगढी, ०९ पुष २०७८
नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश समितीको अधिबेशनको सम्पन्न बाट अध्यक्षमा झनकराज ढुंगाना निर्विरोध चयन भएका छन् ।
अधिबेशनले स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको निर्वाचन समिती संयोजक लाल बहादुर धामीले बताए ।
यस्तै अधिबेशनबाट अन्य कार्य समिती समेत र्निविरोध चयन भएको छ । जसमा उपाध्यक्ष जानकी पराजुली कैलाली, सचिवमा अशोक कुमार जोशी बाजुरा, कोषाध्यक्षमा महेश प्रसाद बिष्ट दार्चुला, सहसचिवमा धनराज मिश्र बझांग रहेका छन् ।
यस्तै सदस्यमा अञ्जु भट्ट कैलाली, नृपराज डगौँरा कञ्चनपुर, देचिन्द्र थापा बझांग, लालमणी जोशी बैतडी, प्रकाश बहादुर देउवा डोटी र संजय बहादुर चन्द बैतडी र्निविरोध चयन भएका हुन् ।


