दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मानव अधिकारको लागि महिला एकल महिला समूहको ५ औं अधिवेशन शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष ९ गते, शुक्रबार २०:५२

९ पुष २०७८ शर्मिला विश्वकर्मा, काठमाण्डौं

मानव अधिकारको लागि महिला एकल महिला समूह (डब्लूएचआर) को ५ औं अधिवेशन काठमाण्डौंमा शुरु भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका हात्तिगौडा स्थित डब्लूएचआरको केन्द्रीय कार्यालय छहारी भवनमा आज देखि शुरु भएको अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्ने छ ।
अधिवेशनमा ७० भन्दा बढी जिल्लाका २ सय ५० जना एकल महिलाहरू सहभागी रहेको अध्यक्ष कुन्दा शर्माले जानकारी दिइन् ।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफू पनि एकल महिला भएका कारण एकल महिलाका पीडा र मुद्दामा जानकार रहेको बताउँदै सकेसम्म एकल महिलाको हित हुने काम गर्ने प्रतिवद्धता गरिन् ।
कार्यक्रमका विशेष अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनै पनि एकल महिला माथी महिला भएकै कारण समाज वा परिवारबाट हिंसा हुनु मानव अधिकार विरोधी काम भएको बताए ।
डब्लूएचआरका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगकाका सदस्या लिली थापाले विभिन्न समस्या र चुनौतीका बीच एकीकृत भएका एकल महिलाहरूको मानव अधिकार र आत्म सम्मान माथी ठेस पुग्ने काम कोही कसैले नगर्न आग्रह गरिन् ।

डब्लूएचआरले अप्ठ्यारोमा परेका एकल महिलाको सहयोगका लागि तत्काल १० लाखको अक्षयकोष निर्माण गर्न लागेको जानकारी दिँदै संस्थापक अध्यक्ष थापाले कोष बढाउन सहयोग गरिदिन नेपाल सरकार लगायतलाई आग्रह गरिन् ।
राष्ट्रिय दलित आयोगका सदस्य मिनादेवी सोवले एकल महिलाका मुद्दामा सहयोग र सहकार्य गर्न राष्ट्रिय दलित आयोग सधै तत्पर रहेको बताइन् ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेल, डब्लूएचआरका उपाध्यक्ष शोभा बिसीलगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रम शुरु हुनु पूर्व डब्लूएचआरका कार्यकारी निर्देशक सुमीरा श्रेष्ठले संस्थाले विधवा महिलाको हक अधिकार स्थापनाका लागि स्थापनाका लदेखि निर्वाह गरेको भूमिका सम्बन्धमा प्रदर्शनी कक्षको स्थलगत भ्रमण गराएकी थिइन् ।

यस्तै अधिवेशनको बन्द शत्रले महासचिव सृजना श्रेष्ठले प्रस्तुत गर्नु भएको संस्थाको २०७७ / २०७८ को वार्षिक प्रतिवेदन पनि पास गरेको छ ।

नयाँ अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतका पदमा भोलि विहान उम्मेदवारी दर्ता गर्ने र भोलि नै निर्वाचन गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत तथा अधिवक्ता श्याम श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु