दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पूनर्स्थापना सेवा सम्बन्धी एक दिने कार्यशाला गोष्ठी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष ९ गते, शुक्रबार २१:५४

नमराज भट्ट
काठमाडौं, ०९ पुष २०७८

राजधानीको त्रिपुरेश्वर स्थित स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहको प्रमुख आतिथ्यमा र कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखाका निर्देशक डा. रबीन्द्र बास्कोटाको अध्यक्षतामा पुनर्स्थापना सेवा सम्बन्धी एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ।

कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा की तारा शर्मा ज्ञवालीले स्वागत मन्तव्य राख्दै पूनर्स्थापना क्षेत्रमा आबद्ध हुनु भएका सम्पूर्णलाई उपस्थित जनाउनु भएकोमा धन्यवाद टक्र्याउन भयो। पूनर्स्थापना सेवालाई भविष्यमा के कसरी अगाडि बढाउन सकिन्छ र यसलाई कसरी केन्द्रित गर्न सकिन्छ यसमा जोड दिने बताए।

कार्यशाला गोष्ठी विश्व स्वास्थ्य संगठन र हेन्ड क्याप इन्टरनेशनलको सहयोगमा भएको थियो।

कार्याशाला गोष्ठीमा चिकित्सा शिक्षा आयोगका अध्यक्ष डा. श्री कृष्ण गिरी, राष्ट्रिय अपाङ्गता महासंघ, नेपाल फिजियोथेरापी संघका पदाधिकारीहरु, राष्ट्रिय पूनर्स्थापना सेवा प्रदायक संघको अध्यक्ष यम नाथ मैनाली, अन्तराष्ट्रिय रेडक्रसमा प्रतिनिधित्व गरेका डा. उत्तम घिमिरे, नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्प राज खनाल, हेन्ड क्याप इन्टरनेशनलका अध्यक्ष स्मृति सुवाल लगायत हरुको सहभागिता रहेको थियो।

गोष्ठीमा विश्व स्वास्थ्य संगठनका अफिसर तथा मनोचिकित्सक डा. केदार मरहट्ठाले पूनर्स्थापना सेवामा के कस्तो खालको जनशक्ति चाहिएको र त्यसको अवस्था कस्तो छ र हालको अवस्थामा रणनीति तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार पूनर्स्थापना सम्बन्धि विस्तार गर्नुको लागि कुन प्रकारको जनशक्ति बिकास गर्नुपर्छ भन्ने उदेश्यले गोष्ठी गरेको बताए।

डा. मरहट्ठाका अनुसार यो सुरुवात मात्रै हो, यस सम्बन्धी अझै बिभिन्न छलफल गरेर अगाडी बढ्न मद्दत पुग्दछ। रिहाव क्षेत्रमा अझ धेरै गर्न बाँकी रहेको छ। पूनर्स्थापना भनेको अपाङ्गताको सेवालाई बुझिन्छ। सेवालाई विकास गर्ने क्रममा २०७६ सालमा नेपालको अबस्था कस्तो छ भनी सर्वेक्षण गरेको थियो।

कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखाका अध्यक्ष डा. रवीन्द्र बास्कोटाले
५ वर्ष भित्र देशमा अपाङ्गता सम्बन्धी जनशक्ति व्यवस्थापन हुने बताए। नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति स्वास्थ्य मन्त्रालय बाट पत्रचार भएको छ। पूनर्स्थापना सम्बन्धी डाटा कति छ र यसको सम्प्रेषण गरिरहेका डा. बास्कोटाले बताउनुभयो।

उनले भने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागका ५ ओटा शाखा रहेका छन्। त्यसमध्ये कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखा पनि एक हो। यसमा सबै जनाको पहुँच हुनुपर्छ। मानवअधिकार स्वास्थ्य प्रवर्द्धन रोकथाम उपचार पूनर्स्थापना प्रशासन राष्ट्रिय रणनीति २०७६ रहेको छ।

पूनर्स्थापनामा डाक्टर, नर्स, हेल्थ असिस्टेन्टको अझै कमी रहेको छ।

राष्ट्रिय पूनर्स्थापना सेवा प्रदायक संघको अध्यक्ष यम नाथ मैनालीले नेपालमा पूनर्स्थापनाको civil Socity छ र राज्यले यसको लागि महत्वपूर्ण काम गर्न सक्ने बताए। अपाङ्गता र पूनर्स्थापना भएका व्यक्तिलाई सरकारले सेवा गरिरहेको पनि मैनालीले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु