दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्यारो सबैको बनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष १४ गते, बुधबार १६:२२

–शिव अधिकारी

के ले मानिस फेरिदा जीवन यो जटिल बन्दै गयो
आँखाले सब देख्न मुस्किल बनि संसार नै अल्पियो
ऐले मानिस स्वास फेर्न सजिलो ठाउँ कताहो भनि
खोज्दा पाउछ दुःख उर्लि रहने आगो सरी दन्दनी ।। १ ।।

बन्ला यो दिल मुग्ध स्वर्णीम कला संसार लोभ्याउन
आँखामा झलमल्ल अउँन सकोस संसार फेर्ने दिन
जाडो हुन्छ तथापी मानिस त्यसै तातो कतै खोज्दछ
सारा यन्त्र र तन्त्रका लहरमा निर्माण क्यै गर्दछ ।। २ ।।

मन्छे जे जति गर्दछन जीवनमा चरा चुरुंगी पनि
आफ्नो गुड बनाउँछन कसरी हो सारै सिपालु बनि
प्राणीछन जति बस्दछन धरतीमा हो यो सबैको घर
मान्छेको शीप बन्न सक्छ अहिले प्राणीहरुको भर ।। ३ ।।

जाडोमा जति शीतको घर छ जो मान्छे कसोरी बसुन
केले टार्न सकिन्छ यो जटिलता कस्ले विचारी दिनन
फेरी पर्छ झरी र हिउ मुटुनै काम्ने छ जाडो तर
झुत्रा छन कपडा लगाउन कठै क्यै छैन अर्को भर ।। ४ ।।

भन्छन राजनीति बनेछ सबको आधार निर्माणको
यस्कै क्षेत्र अनेक स्वार्थ विचको नेतृत्व संस्कारको
मान्छे बन्दछ शक्ति शाली युगको त्यै हो अगुवा पनि
नासी दुःख दरिद्र जीवन चलोस प्यारो सबैको बनि ।। ५ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु