• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    यो मेरो खुशीको आशु हो : बिबिसि मास्टर सेफ रिम्याचका बिजेता सन्तोस शाह

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार २०:२०

    आर.बि.बुढाथोकी (सुसेफ) दि सोल्टी काठमान्डौ

    आमाले सानै उमेरदेखि के के बनाएर खुवाउनु भो ति सबै परिकारलाइ सम्झि सम्झि उनले आफ्नो मेनुको खेस्रा कोरे र तयार पारे एक कप्लिट कोर्सको लिस्ट। र उनले तिनै खानालाइ परिमार्जन गर्दै अभ्यासमा जुटे। नेपाली खानालाइ बिस्वभर चिनाएरै छाड्छु भनेर गत बर्षदेखि कम्मर कसेर लागेका सेफ शाह गत बर्ष नेपाल आउदा नेपालीबाट जुन सम्मान पाए त्यसले उनलाइ झनअतिरिक्क्त जिम्मेवारी बोध भयो र एक दिन यो उपाधि जितेर छाड्छु भन्ने अठोटमा पुगे। जुन आज आएर पुरा भयो। उपाधिमा उनको नाम गुञदा उनका आखा पुर्ण रुपमा रसाएका थिए र सबै भन्दा पहिले उनले आफ्नो आमालाइ सम्झेका थिए ।


    आमाको देन र आशिर्बादले म आज यहा सम्म आउन सफल भए उनले फोन बार्तामा खुशि ब्यक्त गर्नु भयो। मेरो सपना नेपालीखानालाइ बिस्वभर चिनाउनु थ्यो चिनाइ छाडे अत्यन्त खुशी छु उहाको थप उक्ति थियो। १८ प्रकारका बिशुद्द नेपाली परिकार पस्केर उनले जर्जहरुलाइ नै चकित तुल्याएका थिए । अर्को महत्वपुर्ण कुरा त ब्रिटेन जस्तो देशमा उनले भेगान खाना पस्कने प्रयास गरेका थिए जुन सराहनिय बन्न बन्यो। यसपटक सन्तोषले कुखुराको तिते, मालपुवा, अनानस बुनिया, सौंप आइसक्रिम, विभिन्न सात प्रकारका तरुवा, तिलौरी बिरिया, भात, मासको दाल, पोलेको कटहर लगायतका १८ प्रकारका
    नेपाली लोक खाना पस्केका थिए। जुन अन्य प्रतिशप्रद्दीहरुको भन्दा भिन्न र नौलो प्रस्तुती साबित भयो। नेपाली लोक र मौलिक खानालाइ आधुनिक शैलीमा पस्कन खप्पिस सन्तोस सबैका माझ प्रिय बन्न पुगे र नेपाल र नेपाली पाककलालाइ बुस्वसामु चिनारी राख्न सफल भए। गत बर्षको प्रतियिगितामा पनि निर्णायकहरुको मन जित्न सफल शाह रनर अपमा सिमित हुदा केहि खिन्न थिए । आफ्नो गाउमा खाएका परिकार र समग्र नेपली मौलीक खानालाइ अद्यन गरेको आधारमा उनले यो बर्षको तयारी पुरा गरेका थिए। गत बर्ष केहि प्युजन गरेर नेपाली खाना पस्किए पनि यो बर्ष उनले बिशुद्द रुपमा उनले नेपाली लोपौन्मुख परिकारहरु पस्कन सफल भएका थिए। यसका लागि उनले महिनै लगाएर नेपाली मौलिक सामाग्रीहरु खोज गरेका थिए ।

    सिराहा जिल्लाको कर्जन्हामा जन्मेका सन्तोस शाह सानै उमेरमा कामको खोजिमा भारत गएका थिए। १५ बर्षको उमेरमा किचनमा काम शुरु गरि सकेका हुनाले भारतमा रहदा पनि उनले धेरै सिक्ने मैका पाए। भारतीय ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरूमा एक्जुकेटिभ सेफको उच्च पोजिसिनमा काम गरे पाउनु र फ्रान्सका रेमन्ड ब्ल्याकसङगको सङगतले उनलाइ सिक्ने रकलिनरीका बारेमा अझ बुझ्ने र सिक्ने मौका पाए । फल स्वरुप उनले बेलायतमा बस्दा पनि बिभिन्न ब्र्यान्डेड रेस्टुरेन्टमा उच्च अहोदामा रहेर काम गर्ने मौका पाए।गत बर्ष उनले एक भेटमा भनेका थिए कि मैले धेरै देशको पाककलाका बिषयमा काम गरे अबका दिनमा म अब नेपली खानाका बिकास र परिमार्जन गरि बिस्वलाइ चिनाउने काम गर्ने छु भनेको जुन एकै बर्षमा सफल भएका छन।
    अबका दिनमाहामीले पनि नेपाली परिकार स्वादिष्ट र स्वस्थ्य मात्र होइन बिस्वसामु प्रतिशपर्दा गर्न लायक पनि छन भनि प्रमाणित गरेर देखाउन सफल भएका छन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु