• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    बाग्मतीलाई उपाधि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ पुष २०७८, शनिबार १९:५७

    काठमाडौं, पुस १७ गते ।
    आयोजक बाग्मती प्रदेशले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बाग्मती ६ स्वर्ण, २ रजत र ९ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको लुम्बिनी प्रदेश दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको नेपाल आर्मीले ५ स्वर्ण, २ रजत र ७ कांस्य हात पा¥यो ।
    प्रतियोगिताको पुरुषमा लुम्बिनीका सपन थापा तथा महिलामा बाग्मतीकी स्वस्तिका महर्जन उत्कृष्ट खेलाडी घोषित भए ।
    विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, आयोजक बाग्मती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ११ टिमका ३ सय ३० खेलाडीले विभिन्न २४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु