
–शिव अधिकारी
संसारै चकमन्न झै छ कसरी यस्तो भयो के गरि
कोही छैन तयार के छ अबको बाटो हिडौ यो घरी
भन्छन अस्त र व्यस्त छन जनहरु अदृश्य शत्रु पसि
मान्छेको मुटुमै पुगेर कसरी पोत्तै छ कालो मसी ।। १ ।।
कोरोना अनि के भनेर चिनियो भन्छन अनेकौ कुरा
नामै फेरि रहेछ चल्छ कसरी दुर्दान्त यो कन्दरा
साच्चै स्वर्ग थियो कतै बलभीले मिचेर जिस्क्याउथ्यो
बन्दूक बोक्न लगाई मार्न बढलौ भन्दै उ सु¥याउथ्यो ।। २ ।।
त्यो आफै छ थला थला भरि सधै कल्पिरहेको दिन
के आएछ अदृश्य रोग महिमा भन्नै नसक्ने किन
यो क्यै होईन भन्छु है म अहिले हो खेल यो दुष्टको
सारा सम्पत्ति लुट्न आज रचियो यो रोग संसारको ।। ३ ।।
धनि युद्ध गरेर बन्दूक लिई मिसायलै ताक्दछ
लुट्दै सम्पत्ति आफूचै धनिहुने सामथ्र्य त्यै राख्दछ
त्यस्तै आज लडाईमा सिथिलता आयो जहा त्यो पुग्यो
यस्तो अश्त्र रचेर छर्न पिरलो लिएर बाटो ढुक्यो ।। ४ ।।
त्यै मात्रै छ सफा कुरा सहजनै बुझ्नु सबैले अब
यो हो दुष्ट मोटाउने लहरनै औषधी जे छन्सब
बेची कोटी कमाउदै छ दुनिया निकम्म छन घर्घर
यस्तो जानी सचेत भै अघि बढौ गर्नु यहा के छर ।। ५ ।।
आफ्नै खेत र बारी खोश्री सहजै फलाउ जे फल्दछ
त्यो नै औषधी हो अरु पर कतै खोज्दा कहा मिल्दछ
यस्तो जानी बनाउँ देश नमूना यो विश्व उद्यान हो
शान्ति क्षेत्र सजाउँदै अब हिडौ आफै अगुवा न हो ।। ६ ।।
नेपालै अब बाँकी हुन्छ अरु चै फिक्का हुनन त्यो घरी
अस्पताल नेपाल हो सबकुरा सेवा सबैको गरी
यो विद्यालय विश्वको शिखरको आधार संसारको
आफ्नो देश नछाड हे युवक हो यै स्वर्ग हो सानको ।। ७ ।।


