दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायक तथा सर्जक भण्डारीको “ल्वाङ्ग सुपारी”सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष १९ गते, सोमबार १८:११

काठमाडौ –जीवनमा हाँसो, खुसी, दुख, सुख धेरै भोगे अबको बाँकी समय संगीतमै रमाउदै बिताउन चाहने गायक माधव भण्डारी जो लोक दोहोरी पारखी नेपालीजनका हृदयमा बसेका ‘धौलागिरीमा सके गुन तिरौला नत्र फिरिमा’,ट्याक्सी मोटरकार, गैरी पर्यो ताल, सोल्टिनीलाई बैना मारुकी,पाईन तिम्रो साथ लगायतका लोकप्रिय गीतका गायक माधव भण्डारी को लय तथा शब्द सृजनामा “ल्वाङ्ग सुपारी” बोलको गीत भर्खरै सार्बजनिक भएको छ ।

“ल्वाङ्ग सुपारी” बोलको गीतमा देबी धर्ति संग सर्जक स्वयम् माधब भण्डारीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई जति नै स्तरीयटा दिने प्रयास गरीए पनि, स्तरीयताको नाममा मौलिकता धमिल्याउने काम भएको छैन । गीत सुन्दा र हेर्दा आफ्नै गाउँवस्ती र कुना कन्दरामा कुनै पनि मेलापर्वमा सहभागी भएको जो कोहीलाई महसुस हुन सक्दछ । यस गीतको म्युजिक भिडियोमा हाल प्रबाशमा रहेर पनि नेपाली गित सङ्गीतलाई अत्यन्त स्नेह गर्नुहुने कुशल मोडल सुन्दर खवास, अनु पराजुली र जुना कार्कीको आकर्षक अभिनय देख्न सकिन्छ । उनीहरुको अभिनयले पनि गीतलाई थप आकर्षण प्रदान गरेको छ ।

माधब भण्डारीको प्रस्तुतिमा रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन कहलिएका नाम शिब बि.क ले निर्देशन गरेका हुन् भने छायांकन रक कौशलर सम्पादन पदम सुबेदीले गरेका छन् ।

हेर्नुस् भिडियो –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु