दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मैले मुस्कुराएर जिएको जिन्दगी रोएर अन्त्येष्टि गर्न चाहन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २० गते, मंगलवार ७:०१

मैले मुस्कुराएर जिएको जिन्दगी रोएर अन्त्येष्टि गर्न चाहन्न

महिना,मौसम, बार संगै
तिथी मिती, नमीलाई
जन्मेकी म।
तिथि मिती बार र मौसम नमीलाई
मर्ने छु।
म जन्मे पछि ,
न्वारन गर्न दिन तोकीयो ,
अन्नप्रासनमा तिथी तोकियो ,
प्रत्येक खुशी खोज्न
दिन घडि र पला हेरीयो ,
कहिल्यै मन भरी सुख छाएन।
मेरा बिग्रीएका ग्रह र दशा
अक्षता र फुलले सपारीयो ।
मेरा अल्क्षिपनाका असफलतामा
मेरो जागर बढाउनको सट्टा
मन्दिरमा फुल र प्रसाद चढ़ाइयों।
म कतै हिड्दा
कुनै नया काम थाल्दा साइत हेरीयो ,
मैले संघर्षले होइन
साइतले सफलतामा प्राप्त गरे ।
मेहनतमा होइन साइतमा सफलतामा जोड़ियों।
बिरालोले बाटो काट्दा
कैयौपटक बाटोबाट फर्केरी छु म।
आगन छेउ काग कराउदा
कुन अनिष्ट हुन्छ भनेर
छट्पटिएकी छु म।
मैले कपाल कोर्दा भुइमा झरेको काइयो संगै
मेरो घरमा पाहुना भित्रिन्थे।
आधा रातमा कुकुर रुदा
सात गाउ पारीको मान्छे मरेको विश्वास गरेकी छु म।
घरबाट निस्कने बेला हात्छिउ आउदा साइत नपरेर
यात्रा स्थगित गरेकि छु म।
जिन्दगी जिउन हरेक प्रहर साइत जुराउने म
म मर्दा पक्कै त्यसै मर्ने छु।
मेरो मृत्यु ग्रह, समय र मौसम हेरेर हनेछैन।
यसैले
यसैले सुन मेरा प्रिय जन्!!!!
म अकस्मात्
तिथी मिती नमीलाई जन्मदा
खुशी हुनेहरु नरहे पनि
तिमी बाकी सप्पै
म मर्दा रुन पाउने छैनौ।
मेरो मृत्यु जन्म जस्तै रमाईलो हुने छ।
मेरो घरको भान्छामा
मिठो र मसिनो पाक्ने छ।
भोक र सोकमा कोही बस्ने छैन,
मैले मुस्कुराएर जिएको जिन्दगी
रोएर अन्य गर्न चाहन्न।
मलाई मेरो जिवन जत्तिकै
मृत्यु पनि प्यारो छ।
यसैले मृत्यु रोदन र क्रन्दन होइन
मलाई उत्सव वनाउनु छ।
जिवन जिएर
जिवन भोगेर
सुखद बनाएका पलहरुको विश्राम
मेरो मृत्यु
उत्सव जस्तै गरी मनाउन
मेरो अर्डर छ।।

देवु पराजुली
२०७८/०९/२०

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु