
–शिव अधिकारी
विहानी कतै चिर्विरे स्वर खुल्छ
कतै पंखको भट्भटी साथ चल्छ
गुँडै छोडि उड्ने चरी त्यो कहाँ गो
चियाएर हेर्छु सबै क्षेत्र जाग्यो
१
परेवा बटुल्दैछ पत्कर चुचाले
बनाउ भनि गुड आफ्ने बुताले
कहाँबाट चारो बटुलेर ल्याउँ
बचेराहरुलाई के के खुवाउँ
२
चिरविर र च्वाँ च्वाँ छ चिन्त चराको
अरु के कुरा गर्नु तिनै बचेराको
प्राणी सबै जाग्दछन प्रात काल
यो संसार फेर्ने अनौठा छ ताल
३
यहाँ मानिसैको छ नौलो समाज
कतै पोखिदै जोगिदै चल्छ आज
नराम्रो कुरा सुन्छ तेजी छ कान
भन्यो केही राम्रो कतै हुन्न ज्ञान
४
महुमात्र ठूलो अरु कोही ह्वैन
जति छन मलाई अरुलाई छैन
यी यस्तै बनेका मदेख्दैछु नेता
सधै आफू ठूलै छ भन्ने विजेता
५
बुझेनन कसैले यहाँको झमेला
सधै अल्मलिदै वितेको छ बेला
कतै काम गर्ने विचरै नभाको
जनताहरु कै छ घाँटी समाको
६
म फेर्छु व्यवहार यस्तो नराम्रो
बनाउँछु नौलो सधै देश हाम्रो
अरुको म ह्वैन म यै देशको हुँु
म रच्दैछु नौलो नयाँ सिर्र्जना हुँ
७
भनि दुष्टता त्यागी आउ जमेर
सधै हुन्न हाम्रो दुरुस्तै उमेर
ज्ति बाँच्न पएँ गरु क्यै भनेर
सिगारौँ छिटै देशलाई मिलेर
८
नहोस केही बाधा कतै झै झगडा
चरीको छ जोहो सरी सोच गाडा
लिई बढ्छु सारा दुनिया लिएर
म सेबा गरौँ देशको नै जमेर
९
कोही हुन्न दुःखी कुनै हुन्न रोगी
सबै हुन वलिष्ठ सबै हुन सुयोगी
भनि जाग्न खोजे केही काम होला
यो देशै भरि शान्तिले ठाउँ लेलाधे
१०
विहानै म जाग्छु मुटुमा छ देश
सबै शुखी सन्तुष्ट भए हुन्छ बेश
सबै देशबासी धनि शुखी होउन
विहानी सबै स्वच्छताले नुहाउन
११


