• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    नेपाल मिडिया अवार्डको मनोनयन सार्वजनिक, भैरव रिसाल, नीर शाह र किशोर नेपाललाई दीर्घ साधना सम्मान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० पुष २०७८, मंगलवार १८:०६

    काठमाडौं : ड्रिम हाइ नेपालले यही पुस २४ गते काठमाडौँको सोल्टी होटलमा आयोजना गर्ने एलआईसी नेपाल मिडिया अवार्ड २०७८ को मनोनयन सार्वजनिक गरेको छ । कूल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको अवार्डको आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिएका छन् । “नेपालको मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम गर्न लागेका हौँ”, जिसीले भने । नेपाल मिडिया अवार्ड २०७८ मा सञ्चार क्षेत्रमा आफ्नो जीवन अर्पेका व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड (दीर्घ साधना सम्मान) बाट सम्मान गरिने जिसीले जानकारी दिए । उनका अनुसार पहिलो पटक आयोजना हुन लागेको मिडिया अवार्डमा वरिष्ठ टेलिभिजनकर्मी नीर शाह तथा वरिष्ठ पत्रकारहरू भैरव रिसाल र किशोर नेपाललाई दीर्घ साधना सम्मान प्रदान गरिनेछ । टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको आयोजक संस्थाले जनाएको छ । मनोनयनमा परेका विधा र उत्कृष्ट ५ को नामावली यसप्रकार रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु