आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

सनराइज युथ क्लबले लमजुङको राईनास नगरपालिका–०५ तीनपिप्लेमा वृहत् सांस्कृतिक कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २० गते, मंगलवार १८:१२

काठमाडौं । सनराइज युथ क्लबले लमजुङको राईनास नगरपालिका–०५ तीनपिप्लेमा वृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

माघ ५ गते आयोजना गरिने कार्यक्रममो प्रमुख आकर्षणका रूपमा चर्चित सञ्चारकर्मी कृष्ण कँडेल र इन्द्रेणी टीम रहने छन् । पछिल्लो समय नेपाली दर्शकले अत्यधिक रुचाएका कँडेलले सांस्कृतिक कार्यक्रम इन्द्रेणीमार्फत कयौँ दुःखी र असहाय नेपालीलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् ।

उपचार नपाएर अस्पतालका शय्यामा छट्पटिरहेका बिरामीहरूको आर्थिक सहयोगका निम्ति उक्त कार्यक्रमको आयोजना गर्न लागिएको सनराइज युथ क्लबका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।

‘लमजुङमा रहेका जति पनि अपाङ्ग, असाहय तथा दिनदुःखीलाई हाम्रो यस सानो प्रयासले थप राहत पुग्नेछ,’ अधिकारीले भने, ‘कार्यक्रममा छिमेकी जिल्ला गोरखा र सम्पूर्ण जिल्लाबासीहरूलाई सहभागी भइदिन हार्दिक अपिल गर्दछु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु