
–शिव अधिकारी
म के गर्न खोज्दैछु आउ समाल
छिटै देशलाई माथि उचाल
म यौटा अनौठा गति हुँ यहाँको
सधै अफु भन्दै कताहो पुगेको
नयाँ सोच के हो कसोरी समाज
चलेको छ सिधै रमायर आज ।। १ ।।
म के गर्न खोज्दैछु आउ समाल
छिटै देशलाई माथी उचाल
भनि कामनामा सधै सोच मग्न
कसोरी यो बन्ला सिधा यै छ प्रश्न
महा यानको सान कोही रमाउन
म आफै हुँ भन्दै जति जे कमाउन ।। २ ।।
म के गर्न खोज्दैछु आउ समाल
छिटै देशलाई माथि उचाल
कुनै अर्थ देखिन्न लेखिन्न राम्रो
बरु सिर्जन खेति हो प्राण हाम्रो
कतै ताकतै पोखियो लौ उठाउँ
यो धर्ति सिँगारौ दुनिया हसाउँ ।। ३ ।।
म के गर्न खोज्दैछु आउ समाल
छिटै देशलाई माथि उचाल
मनो बेग कस्तो कहा पुग्छ फेरी
मिठो रंगिलो नृत्य शाला नहेरी
गरौ केही राम्रो भनी छट्पटाइ
यो देशै छाडेर भाग्ने जतिलाई ।। ४ ।।
म के गर्न खोज्दैछु आउ समाल
छिटै देशलाई माथि उचाल
म भन्छु नभागे यहाँ जे जति छन
स्याहारेर खुशी हुने ती कति छन
त्यता लाग्नु भन्दा स्वदेशै हो बेश
किन पस्नु खाडी पराईको देश ।। ५ ।।
म के गर्न खोज्दैछु आउ समाल
छिटै देशलाई माथि उचाल
कठै गर्मिको पाकमा पोल्छ माथ
त्यहाँ व्यर्थ मृत्यू सधै माग्छ साथ
नजानु विरानु भूमि भर्नलाई
बसौँ यै हिमाली भूमी झक्झकाई ।। ६ ।।
म के गर्न खोज्दैछु आउ समाल
छिटै देशलाई माथि उचाल
छ यस्तो जमाना छ नौला कुराको
सधै जे जति बर्षिदैछ आफ्नै गराको
सधै सुखको तन्तु दिल्मा सजाइ
बनाउ छ स्वर्गै यसै देश लाई ।। ७ ।।
म के गर्न खोज्दैछु आउ समाल
छिटै देशलाई माथि उचाल


