
काठमाडौं ।नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको बुधबार केन्द्रिय महासचिव प्रल्हाद दाहाको विशेष उपस्थितिमा बसेको विस्तारित बैठकको निर्णय अनुसार दोश्रो वार्षिक साधारणसभा एवं अधिवेशन माघ ४ गते ग्लोबल पार्टी भेन्यु, धुम्बाराहि, चप्पलकारखाना शंखपार्क अगाडि बागमती प्रदेश कृषि तथा पंशुपन्छी विकास मन्त्री बशुन्धारा हुमागाईंज्युको प्रमुख आतिथ्यतामा सु-सम्पन्न हुने निर्णय भयो ।
बैठकमा अधिबेशन सम्पन्न गर्नको लागि आवश्यक विभिन्न उपसमिति गठन गरिनुका साथै अधिबेशनलाई भब्य रुपमा सम्पन्न गर्ने र बागमती प्रदेश भरिका डेरी उद्योगका करिव २०० प्रतिनिधिको उपस्थिति रहने बागमती प्रदेशका अध्यक्ष राजन दाहालले जानकारी गराउनु भयो । बागमती प्रदेशभित्रका सबै डेरी उद्योगका प्रतिनिधि सदस्यज्युहरुलाई उपस्थितिका लागि जानकारी गराउने र नविकरणको काम तिब्र गतिमा अगाडि बढाउने कुरा सचीव गोपाल तिमल्सिनाले बताउनु भयो । एसोसिएसनका सबै प्रदेशको अधिबेशन सकिएपछि केन्द्रिय अधिबेशन गरिने र हालसम्म एक नं प्रदेशको अधिबेशन सकिएको , ७ नं प्रदेशको मिति तोकिएको र अन्य प्रदेशको पनि अब छिट्टै सकिने कुरा केन्द्रिय महासचिव प्रल्हाद दाहालले जानकारी गराउनु भयो ।


