दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साइपाल सफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २२ गते, बिहीबार १८:४६

काठमाडौ ।साइपाल एकेडेमीले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ ।
साइपालले टाइम्सलाई ३८–२८ ले पराजित ग¥यो । साइपालको जितमा साहिल तमुले १४ अंक योगदान गरे ।
कपनको भंगालस्थित भ्याली पब्लिकद्वारा आयोजित प्रतियोगितामा जेभियर इन्टरनेसनल कलेज र ट्रिनिटी इन्टरनेसनल कलेजले पनि सफलता पाए ।
सम्राट भूमिको ११ अंक मद्दतमा जेभियरले हेराल्ड इन्टरनेसनल कलेजलाई ३६–२६ ले हरायो । ट्रिनिटीले अक्सब्रिज इन्टरनेसनल कलेजमाथि ३२–३० को कठिन जित दर्ता ग¥यो । ट्रिनिटीका दोर्जे तामाङले ११ स्कोर गरे ।
प्रतियोगिताअन्तर्गत शुक्रबार हेराल्ड र साइपाल, जेभियर र टाइम्स, अक्सब्रिज र एन्जल्स हर्ट कलेज तथा ट्रिनिटी र आयोजक भ्याली पब्लिकबीच खेल हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु