दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेतामा सौरभ र आहना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २२ गते, बिहीबार २०:४५

काठमाडौं| सौरभ बिक र आहना श्रेष्ठ मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेता बनेका छन् । सौरभले पुरुष समुह अन्तर्गतको मिस्टर टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी हात पारेका हुन भने आहनाले मिस टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी आफ्नो पोल्टामा पार्न सफल भएकी हुन । उपाधीसँगै उनीहरुले एक लाख बराबरको पुरस्कार राशी जितेका छन्, जसमा थाइल्याण्ड टुर प्याकेज, म्युजिक भिडियोमा अभिनयको अवसर, निशुल्क फोटो एवम् भिडियो शुट आदी सुविधा समावेश छ । साथै एक बर्षका लागि उनीहरु आयोजक कम्पनीको ब्राण्ड एम्बेसडर चयन भएका छन् । यसका अलवा उनीहरुले विभिन्न गिफ्ट् हाम्पर समेत प्राप्त गरेका छन् । मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी हात पारेसँगै उनीहरुले नेपालको प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस टिन इन्टरनेशनलमा सहभागीता जनाउन पाउनेछन् ।

त्यस्तै प्रतियोगिता अन्तर्गत फर्स्ट रनर अपमा एरिक श्रेष्ठ र रश्मी बुढाथोकी, सेकेण्ड रनरअपमा सुदिप कार्की र हेभेन उपाध्या, थर्ड रनरअपमा राजकुमार परियार र नैना गुरुङ विजेता बन्न सफल भए भने प्रणय राई र स्मारिका बरालले अर्गनाइजर च्वाइसको उपाधी हात पारे । राज दोङ् (आरडी) र निशान्त ठाकुरको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा इरि तुलाधर र प्रसेन श्रेष्ठले इभेण्ट होस्टको भूमिका निर्वाह गरेका थिए । कार्यक्रम सौहार्दपुर्ण वातावरण माझ सम्पन्न भएको इभेण्ट आयोजक आनन्द सिंहले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु