
–शिव अधिकारी
भेटे मानिस जे जति जिवनमा कस्ता ति हुन के गरी
जीवन धानि रहेछ अन्त मनमा आशा अनेकौँ थरी
खानु लाउनु पर्छ बास बसनु आधार धर्ति भयो
छाप्रो बन्दछ मृतिका रचियतै संसार यस्तै बन्यो ।। १ ।।
यो संसार अचम्मको छ महिमा के ले बनायो किन
त्यसै मानिस रुप के गरि पस्यो भूगर्भ सम्याउन
लागि रन्छ कता कता छ दुनिया केखोज्न कुद्दैछ त्यो
आकाशै म उठाउछु सरी हुँदै उस्कै जमाना वित्यो ।। २ ।।
के भन्दा कसरी कहा पुगी कठै होला चमत्कार नै
भन्दै खोज्दछ मानिसै युगभरी प्रयाश आफ्नो विनै
बाटोमा जति हिड्दछन किन कता पुग्ने छ तिन्को शुर
जोसिला पनि छन छ लोभी मनले केहि लुटौ सक्भर ।। ३ ।।
सिर्जन्छु नमूना छ दिल भरि नै मान्नेहरुको बनि
सेबा गर्छु सुशान्त कर्मिक हुँदै संसार हाक्छु भनि
साच्चै बुद्ध बनी जगाउँ दुनिया ब्यूँझेर चाडो गरि
भन्ने मानिस पाईएन अहिले पवित्र माटो सरी ।। ४ ।।
जान्ने बन्नु बनाउने रहर भो मान्छे बनुन पौरखी
इमान्दार बनेर घर्घर पुगुन जहा रहन्छन दुःखी
भन्ने आशय मात्र हो सहजनै यो काम पक्का बनोस
संसारै चकमन्न शान्ति शुखको आधार आफ्नै रहोस ।। ५ ।।


