दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सकारात्मक सोचका साथ समृद्धि अभियानमा लाग्न मन्त्री श्रेष्ठको आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २३ गते, शुक्रबार १८:५६

२३ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । सरसफाइ अभियन्ता नमस्तेलाल भुमि श्रेष्ठको पुस्तक ‘सकारात्मक सोंच, खोज र रोज’को विमोचन गर्नुहुँदै मन्त्री श्रेष्ठले सकारात्मक सोचका साथ मुलुकको विकास र समृद्धि अभियानमा लाग्न आग्रह गर्नुभयो । धेरै ठूलो त्याग, तपस्या र बलिदानबाट अहिलेको राजनीतिक प्रणाली स्थापित भएको चर्चा गर्नुहुँदै उहाँले अबको एउटै लक्ष्य मुलुकको समृद्धि भएको बताउनुभयो ।
देशभित्र रोजगारीको अवसर सिर्जना गर्ने तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र बढी उपलब्धिमुलक बनाउने योजना सरकारले अघि बढाएको उहाँले बताउनुभयो । उद्यमशीलता विकास, सीप विकास तालिम जस्ता योजनामार्फत युवालाई नेपालमा नै अवसर प्रदान गर्ने सरकारको प्राथमिकता रहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा गएका युवाहरुले विदेशमा सिकेको सीप र अनुभवको भरपुर सदुपयोग गर्न पुनर्एकीकरणको योजना अघि बढाएको बताउनुहुँदै उहाँले नेपाललाई बलियो र आर्थिक रूपमा सम्पन्न बनाउनुपर्ने बताउनुभयो । देशलाई विकसित गर्ने र आधुनिक राष्ट्रको निर्माण गर्न सकारात्मक सोंचका साथ अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमका वक्ताहरुले तनहुँको बन्दिपुरमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाइ भाषा, संस्कृति, सामुदायिक विकास, खानेपानी तथा सरसफाइको क्षेत्रमा सरसफाइविज्ञ नमस्तेलाल भूमि श्रेष्ठले पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो । श्रेष्ठले विद्यालय सरसफाइ कार्यक्रम, सरसफाइ महोत्सव, हातधुने अभियान, खुला दिशामुक्त अभियान जस्ता राष्ट्रिय स्तरका सरसफाइ अभियानमा नेतृत्वदायी भुमिका खेल्नुभएको छ । सरसफाइ र सामाजिक सेवाको यात्रामा आफुले सिकेका र अनुभुति गरेका बिषयहरु समेटेर श्रेष्ठले ‘सकारात्मक सोंच, खोज र रोज’ पुस्तक लेख्नुभएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु