तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

भ्याली पब्लिक सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २३ गते, शुक्रबार १९:०५

काठमाडौ ।आयोजक भ्याली पब्लिक स्कुल प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
कपनको भंगालस्थित घरेलु कोर्टमा भएको समूह ‘बी’ को लिग खेलमा भ्याली पब्लिकले ट्रिनिटीलाई ३४–३१ ले पराजित गर्दै समूह विजेताका हैसियतले सेमिफाइनलमा पुगेको हो । भ्याली पब्लिकका साजन गुरुङ र कप्तान सक्रिय अधिकारीले समान ११–११ अंक जोडे । ट्रिनिटी पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।
समूह ‘ए’ बाट जेभियर विजेता तथा साइपाल एकेडेमी उपविजेता हुँदै सेमिफाइनलमा पुगे । जेभियरले टाइम्सलाई ३८–२६ ले हरायो । जेभियरका सम्राट भुमिले ११ स्कोर गरे । साइपालले हेराल्डमाथि ४०–३८ को कठिन जित दर्ता ग¥यो । खेल सकिन १२ सेकेन्ड बाँकी छँदा दुवै ३८–३८ को बराबरी स्थितिमा थिए । साइपालका अभिषेकले १४ अंक बटुले ।
सेमिफाइनलमा जेभियरको भेट ट्रिनिटीसंग हुने छ भने साइपालले आयोजक भ्याली पब्लिकको सामना गर्ने छ । सेमिफाइनल आइतबार हुने छ ।

पुर्णमान वज्राचार्य स्मृति टेटेको मुख्य प्रायोजकमा केबी साम
काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितालाई केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. ले मुख्य प्रायोजन गर्ने भएको छ ।
मुख्य प्रायोजनवापत प्रा.लि. ले आयोजक संघलाई २ लाख रुपैयाँ प्रदान गरेको छ । प्रा.लि. का अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमित बेगानीले आयोजक संघका अध्यक्ष धम्रमान वज्राचार्यलाई सो रकम बराबरको चेक शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
चेक हस्तान्तरणपछि प्रमुख कार्यकारी अधिकृत बेगानीले सामाजिक उत्तर दायित्यअन्तर्गत प्रतियोगितालाई सहयोग गरेको बताउदै खेलकुदसंग जोडिन पाउँदा खुशी लागेको बताए । प्रमुख कार्यकारी अधिकृत बेगानीले सहयोग थोरै भएपनि प्रतियोगिता आयोजना गर्न केहि सहज हुने बताए ।
अध्यक्ष वज्राचार्यले मुख्य प्रायोजनका लागि प्रा.लि. लाई धन्यवाद दिदै यस्तै सहयोगले खेलकुद गतिविधिलाई अगाडि बढाउन टेवा पुग्ने धारणा व्यक्त गरे ।
‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगिता माघ १ गतेदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदै छ । खुला पुरुष÷महिला सिंगल्ससहित पुरुष÷महिला भेट्रान, पारा, स्कुल, कलेज र खेलकुद पत्रकार स्पर्धा गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने छ । खुला पुरुष÷महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रो हुने दुईले १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
अखिल नेपाल टेबलटेनिस संघको वार्षिक क्यालेन्डर अनुसार हुन लागेको प्रतियोगितामा करिब ७ सय खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु