
यश् पाठक
आँफै लाई चुप चुप भन्दै आज बेस्सरी रोए
पुरना यादको सम्झनामा आज बेस्सरी रोए
सम्हाल्दा-सम्हाल्दै उही चिरिएको मन
उन्का तस्बिरमा बेरिदै आज बेस्सरी रोए
आफ्नाको के कुरा?आसुँ हेर्दै मुस्कुराउछन
पराइ नै आफ्नो सम्झी आज बेस्सरी रोए
खुशी फुलाउने थ्यो प्रयास गहिराइ बाट
इच्छा आकांक्षा दबाउदै आज बेस्सरी रोए
आँफै लाई चुप चुप भन्दै आज बेस्सरी रोए
पुरना यादको सम्झनामा आज बेस्सरी रोए


