तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सांकेतिक भाषाको प्रयोगमार्फत युवालाई होटल तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २४ गते, शनिबार ८:००

काठमाडौँ, २३ पुुस । एशोसियशन अफ नेपाल आकीद्वारा सञ्चालित ‘कोथिना मिठो छ’ संस्था लाजिम्पाटले सुस्त श्रवण शक्ति भएका व्यक्तिलाई सांकेतिक भाषाको प्रयोगमार्फत होटल तालिम प्रदान गरेको छ ।

उक्त संस्थाले द ल्याप्रोसी मिसनअन्तर्गत फाउण्ड परियोजनासँगको सहकार्यमा उनीहरुको क्षमता अभिवृद्धि एवं रोजगारी प्रदानका लागि सांकेतिक भाषाको प्रयोगमार्फत होटल तालिम प्रदान गरेको हो । कोथिना मिठो छ संस्थाका अध्यक्ष देवेन्द्र पोखरेलले शारीरिक रुपमा अशक्त भएका युवालाई आत्मानिर्भर बनाउनका लागि सांकेतिक भाषाको माध्यमबाट २५ जनालाई होटल तालिम प्रदान गरिएको जानकारी दिनुभयो । उनीहरुलाई सीप सिकाएर विभिन्न होटल तथा रेष्टुरेण्टमा पठाइने अध्यक्ष पोखरेलको भनाइ छ । फाउण्ड परियोजनाकी दोभासे यशोदा गुरुङले युवालाई सीप सिकाएर रोजगार प्रदान गर्ने उद्देश्यले बेकरीसम्बन्धी होटल तालिम प्रदान गरिएको जानकारी दिनुभयो । सीकेको सीपलाई प्रयोग गर्नका लागि आफैँलाई होटल, रेष्टुरेण्ट तथा बेकरी खोल्न प्रोत्साहन गर्ने गुरुङको भनाइ छ ।

एशोसिएशन अफ नेपाल आकीद्वारा सन् २०१२ मा मुनाफा वितरण नगर्ने संस्थाका रूपमा सञ्चालित उक्त संस्थमले हालसम्म तीन हजारभन्दा बढी युवालाई होटल तालिम प्रदान गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु