दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लमजुङका दुई विद्यालयलाई पोशाक वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २५ गते, आईतवार ८:२२

काठमाडौँ, २५ पुस । लायन्स क्लब अफ काठमाडौँ समर्पणले लमजुङका दुई विद्यालयलाई पोशाक वितरण गरेको छ ।

क्लबले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी लमजुङको राइनास नगरपालिका–८ पिपलटारीमा सञ्चालित अमरज्योती आधारभूत प्राथमिक विद्यालय र मध्यनेपाल नगरपालिका–१ रायपालीमा सञ्चालित शान्ति शक्ति प्राथमिक विद्यालयमा ५१ थान पोशाक वितरण गरेको हो ।

कार्यक्रममा क्लबका अध्यक्ष लवेन्द्रसिंह मल्लले जाडोको समयमा कठ्याङ्गीएर अध्ययन गर्न बाध्य ग्रामीण भेगका विद्यार्थीलाई थोरै भएपनि न्यायो पोशाक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । यसअघि उक्त क्लबले अमरज्योती प्राविलाई खेलकुद सामाग्री वितरण गरेको थियो ।

क्लबका प्रथम उपाध्यक्ष अखिल अग्रवालले पवित्र सामाजिक सेवाको भावना बोकेर स्थापना भएको लायन्स क्बलले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अमरज्योति प्रावि लमजुङका प्रधानाध्यापक हरिमाया घिमिरेले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री सहयोग गरेर ठूलो गुन लगाएको भन्दै लायन्स क्लब अफ काठमाडौँ समर्पणलाई धन्यवाद दिनुभयो ।

एक दशकपहिले काठमाडौँको सानेपामा स्थापना भएको उक्त लायन्स क्लबले गतवर्ष कोरोना शुरुआती चरणमा २०० सिलिन्डरसहित ‘अक्सिजन बैंक’ स्थापना गरी समाज सेवा गर्दै आएको थियो ।

क्लबले कोरोनाको दोस्रो चरणमा ललितपुरको जावलाखेलमा ‘जे एन्ड जे कोभिड क्लिनिक’ स्थापना गरी गरिब तथा विपन्न व्यक्तिलाई निःशुल्क कोरोना परीक्षण मिलाएको क्लबका प्रवक्ता एवम् सदस्य विवेक शर्माले जानकारी दिनुभयो । क्लबले आगामी दिनमा पनि समाज सेवालाई निरन्तरता दिने प्रवक्ता शर्माको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु