• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    द भ्वाइस अफ किड्स’ सिजन–१ ‘शीर्ष–८’ का प्रतिस्पर्धी जेनिश उप्रेतीद्वारा भोटको अपिल, फाईनल यही शनिबार हुँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ पुष २०७८, आईतवार १७:०९

    काठमाडौं, २५ पुस । हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको चर्चित सिङगिङ् रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ सिजन–१ मा धमाकेदार प्रस्तुती दिँदै आएका ‘शीर्ष–८’का प्रतिस्पर्धी जेनिश उप्रेतीले आफुलाई भोट दिएर जिताउन अपिल गरेका छन् ।
    मकवानपुर हेटौंडा–१९, बस्तीपुर निवासी बाल प्रतिभा उप्रेतीले आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी शनिबार हुने फाइनलमा आफुलाई भोट दिएर ‘द भ्वाइस अफ किड्स’ सिजन–१ विजेता बनाउन आग्रह गरेका हुन् । ‘द भ्वाइस अफ किड्स’ सिजन–१ को फाइनल आगामी शनिबार बेलुका ६ बजे हुनेछ ।
    पछिल्लो समयको सर्वाधिक चर्चित शो ‘द भ्वाइस अफ किड्स’ सिजन–१ मा मकवानपुरको प्रतिनिधित्व गर्दै आएका टिम प्रमोदका उप्रेतीले ब्लाइन्ड, ब्याटल र लाइभ राउण्डमा जस्तै अबपनि आफुलाई भोट दिन देश तथा विदेशमा रहने सबैलाई आग्रह गरे । ‘अब शीर्ष–८मा आइपुगेका छौ, सबैजना साथीहरुले राम्रो गीत गाउनुहुन्छ । मसँगै ७ जना अरु साथीहरु प्रतिस्पर्धामा हुनुहुन्छ । मलाई ‘द भ्वाइस अफ किड्स’ सिजन–१ विजेता देख्न चाहानुहुन्छ भने मलाई धेरैभन्दा धेरै भोट दिनुहोस् ।’ आफु विजेता हुन धेरै भोटको आवश्यकता रहको उनले बताए । कार्यक्रममा उनले ‘जनम जनम जिउँला सँगै’, ‘फुलको थुंगा हौकी’ ….गीत गाएर सुनाएका थिए ।
    उनी टिम प्रमोद खरेलबाट प्रतिस्पर्धामा उत्रिएका छन् । उनले आफुलाई भोट दिन स्वदेशमा रहनेले खल्ती एपबाट र विदेशमा रहनेले खल्ती डटकममा गएर शनिबारसम्म भोट गर्न अपिल गरे ।
    उनले आफुलाई भोट दिन देशभित्रबाट खल्ती एपबाट र विदेशमा रहेकाहरुलाई खल्ती डटकमबाट भोट गर्नसमेत आग्रह गरे । उनले सबैले भोट दिएमा आफु विजेता हुने विश्वास दिलाए । ‘द भ्वाइस अफ किड्स’ सिजन–१ विजेता र भविष्यको योजना विकटका गरिबहरुलाई स्वास्थ्योपचारमा पहुँच पुर्याउनको लागि अस्पताल र शिक्षामा पहुँच पुर्याउनको लागि विद्यालय खोल्न मन लागेको सुनाए ।
    त्यस्तै, कार्यक्रममा बोल्दै जेनिशका काका रमेश उप्रेतीले भतिज सानैबाट संगित–साधना गरेर हुर्केको बताए । जेनिशको आमाको कोरोना भाइरसको कारण १ वर्ष अगागि मृत्यु भएको उनले जनाए ।
    उनले जेनिशका बुवा रोजगारीको शिलसिलामा कुवेतमा रही सवारीचालकको काम गर्दै आएको सुनाए । उनले भने,‘जेनिशको आमा एपेन्डीसाइटिक्सको शल्यक्रिया पछि कोरोना संक्रमण पनि भयो र उमेर नपुगि बित्नुभयो ।’ भाउजुको मृत्युको अन्तिम समयको भनाई स्मरण गराउँदै उनले आफुलाई जेनिशलाई भ्वाइस अफ किड्समा लैजान र उसको सम्पुर्ण हेरचाह गर्ने जिम्मेवारी आफुलाई दिएको सुनाए । ‘अहिले उसको सम्पुर्ण जिम्मेवारी मेरो काँधमा छ ।’ भाउजुको मृत्युपछि दाजु अन्तिम समयमा नेपाल आएर अहिले दाजु कर्मथलो फर्किइसकेको उनले बताए ।
    उनले अहिलेसम्म जेनिशको उत्कृष्ट भ्युज आएको भन्दै सबैको भोटले गर्दा ब्लाइन्ड, ब्याटल, लाइभ राउण्ड हुँदै शीर्ष–८ मा पुगेकोमा खुशी व्यक्त गरे । उनले देश तथा विदेशमा बस्ने सबैलाई जेनिशलाई भोट दिएर सहयोग गर्न आग्रह गरे । उनले जेनिश राष्ट्रको गहना हुने पनि विश्वास दिलाए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु