• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    दक्षिण कोरियामा सबैभन्दा बढी लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ ‘सोजु’ अव नेपालमा नै उत्पादन सुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ पुष २०७८, आईतवार १७:२६

    काठमाडौ ।दक्षिण कोरियामा सबैभन्दा बढी लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ ‘सोजु’ अव नेपालमा नै उत्पादन सुरु भएको छ।श्री न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि, वि.जे. इन्भेष्टमेण्ट नेपालको सहकार्यमा नेपालमा नै सोजु उत्पादन तथा विक्रि बितरण हुने भएको हो ।कोरियाको लोकप्रिय मदिरा लाई हिमाल र पहाडको नाम ले सम्बोधन गर्दै ‘सान सोजु’ नामाकरण गरी नेपाली बजारमा पठाउने तयारी भएको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्ष विनोद कुँवरले जानाकारी दिए।बाँके जिल्लाको कोहलपुरमा रहेको श्री न्यु एभरेष्ट डिष्टीलरीमा कोरियन मापदण्डको मदिरा सोजु उत्पादन गरी नेपालभर बिक्री वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएसंगै कम्पनीले सोजु उत्पादन शुरु गरेको हो।
    नेपाली अग्रज उद्योगी रविन्द्रमान श्रेष्ठ, सफल ब्यवसायी एवं गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्ष विनोद कुँवर र दक्षिण कोरियाका वरिष्ठ केमिष्ट लिम क्योङ्गटेकको संयुक्त पहलमा नेपालमा सोजु उत्पादन र बिक्री वितरण गर्ने योजना सफल भएको छ।‘दक्षिण कोरियाको सबैभन्दा लोकप्रिय मदिराजन्य पेय पदार्थ सोजु त्यहाँका राष्ट्रपतिदेखि सामान्य कामदार सबै तह र तप्काका कोरियनहरुले सेवन गर्ने गर्दछन्’ दक्षिण कोरियामा विभिन्न व्यवसाय गर्दै आएका एनआरएन कुँवरले भने–‘ सोजुको लोकप्रियता नेपालमा पनि क्रमिक रुपमा बढ्दै गएकाले यही उत्पादन गरेर सस्तो मुल्यमा उपलब्ध गराउने हाम्रो पहल हो ।’अहिले पनि नेपालमा दक्षिण कोरियाबाट सोजु आयात गरी बिक्री वितरण हुँदै आएको छ ।‘ हामीले सोजु नेपालमा उत्पादनगरी बजारीकरण गर्दा आयात न्युनीकरण हुने, देशको पैसा विदेश नजाने, मुल्य सर्वसाधारण उपभोक्ताको पहुँच भित्र हुने र गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको हुनेछ ’ कुँवरले जानकारी दिए ।

    नेपालमा सोजुको उत्पादनका लागि पूर्व तयारी पूर्णरुपमै कोरियामा गरिएको थियो । एनआरएनएका अगुवा समेत रहेका कुँवरले भने–‘नेपाली उपभोक्ताको चाहना अनुरुप हामीले उपभोक्ताहरुमाझ आवश्यक स्वाद र अन्य परिक्षणहरु पनि गरिसकेर उत्पादन समेत थालेका छौँ।’कुँवरले सान सोजु उत्पादन भएर बजारमा जाने अन्तिम तयारी रहेको जनाउदै यसले स्वदेशमा रोजगारी सिर्जना गरी सानो सङ्ख्यामै भएपनी यूवालाई विदेश पलायन हुनबाट रोक्ने बताए। आफु मात्र धनी हुने उद्देश्य नभई समग्र देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने कुरामा आफु विश्वस्त रहेको उनले बताए।दक्षिण कोरियाबाट नेपालमा लगानी भित्र्याउन र स्वदेशमा नै रोजगार सृजना गर्नका लागि निरन्तर सक्रिय कुँवरले कोरियाको ठूलो कम्पनी लोट्टे ग्रुपलाई स्वदेशमा ल्याउनका लागि पनि सम्झौता गरिसकेका छन् ।कोरियाको प्रख्यात चाउचाउ सिनलाम्यानलाई नेपाल भित्र्याएर बिक्रिबितरण गरिरहेका कुँवरले आगामी दिनमा स्वदेशमा नै उक्त चाउचाउ उत्पादन गर्ने योजना बनाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु