• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    भ्याली पब्लिक र जेभियर फाइनलमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ पुष २०७८, आईतवार १७:४४

    काठमाडौं, पुस २५ गते ।
    आयोजक भ्याली पब्लिक र जेभियर इन्टरनेसनल कलेज प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
    कपनको भंगालस्थित घरेलु कोर्टमा भएको रोमाञ्चक सेमिफाइनलमा भ्याली पब्लिकले साइपाललाई ४९–४६ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा साजन गुरुङ र सक्रिय अधिकारीले समान १५–१५ अंक योगदान गरे ।
    खेल सकिन ५६ सेकेन्ड बाँकी छँदासम्म दुवै टोली ४५–४५ को बराबरी स्थितिमा थिए । भ्याली पब्लिकले पहिलो क्वाटरमा ६–५ को अग्रता लियो । दोश्रोमा साइपालले ११–१० को अग्रता बनाउदै खेललाई १६–१६ को बराबरी स्थितिमा पु¥यायो । तेश्रोमा भ्याली पब्लिकले १९–१३ को प्रदर्शन ग¥यो । चौथोमा साइपाल १७–१४ ले अगाडि रहे पनि जित हात पार्न सकेन ।
    अर्को सेमिफाइनलमा आभाष गुरुङको १५ अंक सहयोगमा जेभियरले ट्रिनिटीलाई ५२–३४ ले हरायो । चार क्वाटर मध्ये जेभियरले तीन क्वाटरको नतिजा आफ्नो पक्षमा पा¥यो । जेभियरले क्रमशः १२–७, ११–१२, १८–८ र ११–७ स्कोर ग¥यो । फाइनल सोमबार हुने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु