दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नगर प्रमुखद्वारा बाटो उद्घाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २५ गते, आईतवार २३:३८

सीतल आचार्य- काठमाडौं पौष २५

एकीकृत नमुना टोल बिकास समितीको पहलमा बुढानिलकन्ठ नगरपालिका र वडा नम्बर ६ को सहयोगमा सम्पन्न ढलान बाटोको बुडानिलकण्ठ नगरपलिकाका नगर प्रमुख श्री उद्धव प्रसाद खरेलज्यूबाट उद्घाटन भयो। उद्घाटन समारोहमा वडा नम्बर ६ का अध्यक्ष श्री नबिन केसीज्यूले एकीकृत नमुना टोल बिकास समितीले गरेको उल्लेखनिय कामको प्रसम्सा गर्नु भयो, साथै वडा ६ र ४ मा पर्ने बाटोको चाडो भन्दा चाडो काम सम्पन्न गर्ने प्रतिबद्धता गर्नु भयो। वडा नम्बर ४ का सदश्य श्री श्रीराम केसीज्यूले वडा ६ र ४ मा पर्ने बाटो को स्तरोन्नति जती सक्दो गरिने बताउनु भयो। बिभिन्न समितिबाट उपस्थित प्रतिनिधिहरुले एकीकृत नमुना टोल बिकास समितीले गरेको कामको खुलेर प्रसम्सा गर्नु भयो।

नगर प्रमुख श्री उद्धव प्रसाद खरेलज्यूले इटालिटारको बाटो चौडा गर्ने काम अघी बढीसकेको जानकारी गराउनु भयो साथै काडेल कन्स्ट्रक्सन ले दसैं अगी देखी लुडे खोलाको पुल निर्माणकार्यमा लापरबाही गरेकोले तुरुन्त खबरदारी गरी पुल निर्माण कार्यलाई सुचारु गर्ने बताउनु भयो।

समितिको तर्फ बाट अध्यक्ष होम बिक्रम न्यौपाने सचिब शिभ ढकाल निवर्तमान अध्यक्ष लक्ष्मी खड्का लगायतले नगरपालिका र वडाको सहयोगको लागि धन्यवाद प्रकट गर्नु भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु