
–शिव अधिकारी
निकम्मा सरी छौ तथापी कसरी यो देश हाक्छु भनि
हिड्छौ पौरख क्षमताहरु कतै देख्दिन कैल्यै पनि
एमसिसि छ विशाल गर्भ गृहको यै हो ठुलो पौरख
भन्छौ के अरु काम छैन सजिलो लाएर कालो मुख ।। १ ।।
यो मात्रै देश हितको छ अहिले भन्दै कहाँ पुग्दछौ
अरु केही हुदैन छैनकी यहाँ के भो र यो रोज्दछौ
मान्छेले सब सर्तनाम जति हो पढेर जान्ने भए
चाहिदै विगार गर्छ दुनिया भन्दै सबै कुर्लिए ।। २ ।।
माईघर तिर उर्लिदैछ दुनियाँ आवाज सुन्छौ कि त
देशै बन्दकी राखी हुन्छु धनि मै भन्छौ मिली को सि त
त्यो सारा दुनियाँ बुझेर अहिले ओर्लेर मैदानमा
यो आवाज नसुनी पुग्यौ किन तिमी त्यो दुष्टको काखमा ।। ३ ।।
यस्तो गर्नु हुदैन है अघि सरे हौ राष्ट्रघाती तिमी
छेक्छन यो दुनिया मिली अब छिटै संसार सारा घुमी
हाम्रै छन जति श्रोत साधन तीनै प्रयोग गर्दा पनि
हुन्थ्यो देश धनि सधै यि जनता हुन्थे शुखी तैपनि ।। ४ ।।
त्यस्तो खोज प्रति कुनै दिन पनि तिम्रो नहुँदा मति
देशै बेच्न तयार छौ बरु हवोस यो राष्ट्रको दुर्गति
भन्दै एमसिसि नै जपेर सहसा हिड्छौ भने हे खुनी
तिम्रो नास छिटै हुँदैछ दुनिया छाड्दैन भागे पनि ।। ५ ।।


