• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    डेलिगेट्स विवाद सुल्झाउने सम्बन्धमा कुनै सहमति नभएको आचार्यको खुलासा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ पुष २०७८, सोमबार १६:५२

    काठमाडौँ – गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले ६ महिनादेखि जारी डेलिगेट्स विवाद सुल्झाउने सम्बन्धमा कुनै सहमति नभएको खुलासा गरेका छन ।
    जनसवाल डटकम सँग कुरा गर्दै आचार्यले भने, “संस्थालाई एकजुट राख्न र हाल जारी गतिरोधलाई निकास दिन मैले हरसंभव प्रयास गरिरहेको सबै साथीहरुलाई अवगत नै छ । त्यसैले डेलिगेट्स विवाद नसुल्झाएर कथित सहमति भयो भन्ने प्रचार प्रायोजित र झुट्ठा हो ।”
    ‘डेलिगेट्स विवाद सुल्झाउने भनेको नव निर्वाचित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले पठाएको डेलिगेट्स सूचीलाई मान्यता दिने हो। त्यसो नगरिंदा सम्म कथित सहमतिको कुनै अर्थ छैन,’ संघको केन्द्रीय अध्यक्षका उम्मेदवार पनि रहेका आचार्यले भने।
    यस अघि संघका अध्यक्ष कुमार पन्तले पनि कथित सहमति पत्र आफुले तयार गर्न न लगाएको र हस्ताक्षर समेत नगरेको बताएका थिए।
    संघको केन्द्रीय सचिवालयको प्रत्यक्ष संलग्नतामा एमआइएस प्रणालीको दुरुपयोग गरी जापान, चिली लगायतका देशहरुको निर्वाचनमा गरिएको धांधलीको छानबिन र दोषीलाई सजाय दिने बारे कथित सहमति पत्रमा केहि पनि उल्लेख छैन। बरु ६५ प्रतिशत डेलिगेट्समा छुटेका भन्दै प्रतिनिधिहरुको नाम थप्ने बहानाबाजी गर्न खोजिएको छ।
    संघको गत अक्टोबर महिनामा हुनु पर्ने दशौँ महाधिवेशन तथा चुनाव डेलिगेट्स सम्बन्धी विवादका कारण अहिले सम्म हुन सकेको छैन।
    डेलिगेट्स विवाद सुल्झाउन अध्यक्ष पन्तले मनोनयन गरेको चार सदस्यीय उच्चस्तरीय समितिले पटक, पटक बैठक गरे पनि कुनै सहमति बन्न सकेको छैन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु