• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    जेभियरलाई भ्याली पब्लिक कप

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ पुष २०७८, सोमबार १८:२९

    काठमाडौं, पुस २६ गते ।
    जेभियर इन्टरनेसनल कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
    जेभियरले फाइनलमा आयोजक भ्याली पब्लिकलाई ५५–३७ ले पराजित ग¥यो । जेभियरका सम्राट भूमिले १६ अंक जोडे । प्रतियोगितामा जेभियरका सम्पन्न गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
    कपनको भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा भएको प्रतियोगितामा साइपाल एकेडेमी तेश्रो भयो । साइपालले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ४८–३१ ले हरायो । साइपालका साहिल तामाङले १७ स्कोर गरे ।
    विजेतालाई लेखक डिआर (दयाराम) सिम्खडा, भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लीलबहादुर गुरुङ, प्रिन्सिपल कृष्ण अधिकारी, प्रशासन प्रमुख महेश अधिकारी, कन्सुलर स्विकृति अधिकारी, भद्रकालीकी प्रिन्सिपल अनिता अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
    पुस २१ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जनाएका छन् । विगत लामो समयदेखि अन्तरविद्यालयस्तरीय बास्केटबल प्रतियोगिता आयोजना गर्दै आएको भ्याली पब्लिकले पहिलो पटक अन्तरकलेज बास्केटबल आयोजना गरेको हो । विद्यालयस्तरीय बास्केटबलले पनि निरन्तरता पाउने संयोजक न्यौपानेले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु