• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    उमा खुला कराँते सुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ पुष २०७८, सोमबार १८:३४

    काठमाडौं । नेपाल गोजु काई कराँते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ ।
    दुईदिने प्रतियोगिताको पहिलो दिन सोमबार पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो भएको छ । बाँकी स्पर्धाको फाइनल खेल मंगलबार हुनेछ ।
    प्रतियोगितामा महिला र पुरुषको १०÷१० तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ । २० जिल्ला तथा डोजोहरुबाट २ सय ९ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । कातातर्फ पनि पुरुष र महिलामा प्रतिस्पर्धा हुनेछ । यसपल्ट भेट्रान्स प्रतियोगिता पनि समावेश गरिएको छ । शारीरिक रुपमा फिट रहेका ४० वर्ष नाघेका खेलाडीहरुका लागि यो विधा थपिएको आयोजक संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए ।
    चावहिल चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा आयोजित प्रतियोगिताको पुरुष ३० केजीमुनि तौलसमूहमा आयुश राई (आनन्दनगर डोजो) ले स्वर्ण जिते उनले फाइनलमा सोनाम तामाङ (मित्रपार्क डोजो) लाई पराजित गरे । ३५ केजीमुनि अविजित पहारी (नागार्जुन डोजो) लाई हराएर अनायन मानन्धर (ठैब डोजो) ले स्वर्ण जिते ।
    पुरुष ४० केजीमूनि रोजन तामाङ (शंखडोल एकेडेमी) ले स्वर्ण जित्दा अन्मेष थेवे (मित्रपार्क डोजो) रजतमा सीमित भए । ४५ केजीमा विकेश मोक्तान (जोरपाटी डोजो) ले स्वर्ण जिते । उनले फाइनलमा सुनील ठगुन्ना (साउथ भ्याली स्कुल) लाई हराए । ५० केजीमा विनोद श्रेष्ठ (मानसिंह डोजो) ले स्वर्ण तथा मिलन तामाङ (नेपाल हायसी–हा कराँते) ले रजतमा चित्त बुझाए ।
    महिलातर्फ ३० केजीमा अनु मोक्तान (मानसिंह डोजो)ले स्वर्ण जित्दा विलाशा पहारी (नागार्जुन डोजो) रजतमा सीमित भइन् । ३५ केजीमा अस्मिता मोक्तान (आनन्दनगर डोजो)ले स्वर्ण र कुन्साङ राई (मित्रपार्क डोजो)ले कांस्य जितिन् ।
    यसअघि प्रतियोगिताको उद्घाटन काठमाडौं कमहागरपालिका वडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंगोलले गरेका थिए । वल्र्ड युनाइटेड मार्सल आर्ट (उमा) अन्तर्गत रहेको गोजु काई कराँतेको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले प्रायोजन गरेको हो । उनले राष्ट्रियस्तरमा व्यवस्थित प्रतियोगिता आयोजना गरेकोमा संघलाई धन्यबादसमेत दिएका थिए ।
    २०५८ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको संघले हरेक वर्ष दुईदेखि तीनवटासम्म राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले १० लाख रुपैयाँ प्रायोजन गरेको छ ।
    ‘हाम्रो नियमित कार्यक्रमअनुसार नै यो प्रतियोगिता आयोजना भएको हो ।सरकारी निकायबाट पनि सहयोग पाएका छौं र त्यसले संघलाई नयाँ उत्साह थपेको छ,’ प्रतियोगिता संयोजक उप्रेतीले भने ।
    कराँतेको एउटा विधा गोजु काईका खेलाडीले अन्तर्राष्ट्रियस्तरमा पनि उच्चस्तरको सफलता हासिल गरिसकेका छन् । सन् २०१३ मा आयोजित विश्व च्याम्पियनसिपमा नेपालका निश्चल गुरुङले स्वर्ण जितेका थिए । एसियन प्यासेफिक च्याम्पियनसिपलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक जितिसकेको छ । नेपालले जापानमा हुने आसन्न विश्व च्याम्पियनसिप र ताइवानमा हुने एसियन प्यासेफिक च्याम्पियनसिपमा पनि सहभागिता जनाउँदैछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु