दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अमर तिमि छौ यै धरतिमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २७ गते, मंगलवार ७:१५

पृथ्वी नारायण प्रति श्रद्धा सुमन

–शिव अधिकारी
कहा होला हाम्रो सहज मनको व्योम लहरी
यतै गुथुन सारा लहर सुरको दिव्य पगरी
सधै अग्लो लाग्ने मन मधुरीमा गुञ्जन कला
सबै उक्लेकै छन अब चढु भनि सुन्दर तला ।। १ ।।

खुकुरी खुँडाको झिलिमिली छ तालै गजबको
कतै बैरी आए चहक पहरा झै छ सबको
ल चम्काउँ यौटा विच कमलको फुल दहमा
हुँदा पुरा हाम्रो रहर मनको दिव्य जगमा ।। २ ।।

पृथिवी हो नामै जगत भरिको एक मुजुरा
यतै हुर्कि बड्दा सजिव बनि झागिन्छ लहरा
त्यही हो यो धर्ती सहज बनिगो बास सबको
नयाँ यो हो सारा चरण गति सौन्दर्य मनको ।। ३ ।।

म हुन्छु पृथ्वी मै पृथिवि बनि आएर सहजै
बनाएको यौटा लहर गतिलो फाँट छ मजै
बनौ यौटै फेरी फरक छ गति शान्त पथमा
सजाउँ यै धर्ति जुटी अब छिटै दिव्य जगमा ।। ४ ।।

म माटो हुँ पानी तिमी यदि बने बन्छ घरयो
थिए पृथ्वी माटो जल सब बनेरै घर बन्यो
नहुँदा पृथ्वीको सुर सहज भिड्ने रण नीति
कसोरी यो बन्थ्यो बुझ अब भएको छ प्रगति ।। ५ ।।

म हाँसेकै हुन्छु चहक जुनको शान्त निशिमा
चलेकै छन पाउ मधुर चरिको मन्द स्वरमा
लिदै गर्दा हावा जीवन सजिलै चल्दछ पनि
खुला छन यि पाउ छमछम चलुन एक्सुर बनि ।। ६ ।।

कलिलै छन छाया मय सरलता मानिस संगै
कुनै आई हर्ला सुख सयलको साथ हुन गै
दिने कैल्यै ह्वैन जति बरु गरुन ती छलि कुरा
म आफै उर्लिन्छु सजिव गतिको बन्छु मुजुरा ।। ७ ।।

म यो देशै हुन्छु कि त समर हुन्छु जलधिमा
कतै पौडी खेल्दै सलल छचल्क्यो मधुरिमा
नयाँ माटो टिप्दै सरर घर बन्दा अनुपमा
खुलेको घुम्टोमा सहज म उचो भै शिखरमा ।। ८ ।।

उठे यै माटोमा जसरी पृथिवीले गुटु मुटु
थुपार्दै राखेको धरति यही गर्छौ लुटुपुटु
मनैको यो यौटा सुमन फुलको टप्म मुजुरा
फुलैफुल्को डस्नासरि वनिसके छन सब कुरा ।। ९ ।।

सबै होलान पृृथ्वी धरती पनि यौटै छ सबको
चारै जाती छत्तिस वरणहरु एकै समरको
लडेरै यो धर्ति सबल हुन गो पृथ्वी अगुवा
अझै हुन्छौ सारा अटल बनी झै छ जरुवा ।। १० ।।

यहा नै अग्लेको चुलीन जति सक्थ्यो सजिवता
कहाँ झुक्थ्यो हाम्रो सुर मसुर यै बन्छ रमिता
भएको यो तीनै सय बरसको स्मृति भरिमा
सबै श्रद्धा गर्छौ अमर तिमिछौ यै धरतिमा ।। ११ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु