• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    यो दिव्य संसारमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार ०८:२७

    –शिव अधिकारी
    झुल्क्यो घाम हिमालमा टहटहै ढाकी अँध्यारा कुना
    पल्क्यो सौरभ स्वर्गको लहरमा हुर्किरहे छन मुना
    यस्तै काल विशाल ताल संगको साझा बने भावना
    बन्थ्यो देश अचम्को सबल भै यो दिव्य संसारमा ।। १ ।।

    मेरो मै हुँ भनेर भन्छ कसले को हो र त्यो मै हुने
    कैल्यै आफु थिएन आज छ यहाँ के ले यतै पल्कने
    त्यस्तो होईन मै हुने रहरको भाखा बदल्नु प¥यो
    हामी हौ भनि क्यै गरे दुःख जती चुट्की भरिमै ट¥यो ।। २ ।।

    यस्तो जानी सबै सबै सग उठे के हुन्न संसारमा
    यौटा स्वार्थ लिएर हिड्दछ भने विग्य्रो सबै ख्यालमा
    पानीको तह बन्छ झर्छ छहरा थिग्री बन्यो सागर
    बुझ्नु त्यो छहरा पुगेनछ भने के हुन्छ सोच्ने गर ।। ३ ।।

    त्यस्तै देश बनाउने रहरले लागौ सबै एकभै
    एक्लै होईन काम गर्नु सबले कैल्यै विरानु नभै
    ऐले विश्व बजारमा छ धनिकै हैकम भने त्यो पनि
    टिक्ने छैन कदापी स्वार्थ बसले भन्दा महुन्छु धनि ।। ४ ।।

    साझा स्वार्थ लिएर पौरख गरौँ होलान सबै मञ्जुर
    त्यस्तै एक भएर काम गरदा निर्र्धो कुनै हुन्छर
    आउ जे जति पौरखैछ सहजै पोखौ न यै धर्तिमा
    साझा यो घर होस समान शुखको यो दिव्य संसारमा ।। ५ ।।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु